ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कैलाली कारागारमा कुटाकुट, पाँच जना घाइते

कैलाली । कैलाली कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबिच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताउनुभयो । उहाँले घटनाबारे छानविन भइरहेको बताउनुभयो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको कारण झडप भएको बताउनुभयो । तीन जनाको स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उहाँको भनाइ छ ।

कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ । कैदीबन्दीबिच कुटाकुट भएपछि अहिले कैलाली प्रहरी प्रमुख बालनरसिंह राणा, डीएसपी राजकुमार सिंहले कारागार पुगेर घटनाबारे जानकारी लिनुभएको छ ।

कैलालीमा पछिल्लो समय सामुहिक झडपको असरले कारागारमा लफडा हुँदैआएको छ । जिल्लामा सामुहिक झडप गर्नेहरु कारागार चलान भएपछि कारागार भित्र लफडा हुँदैआएको बताइएको छ ।केही समयअघि कारागारका कैदीबन्दी सरुवाको विरोधमा उत्रिएका थिए ।

  himalayanvoice.com | २४ श्रावण २०८२, शुक्रबार ११:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online