ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मुस्ताङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, एक घाइते

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङमा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । सदरमुकाम जोमसोमबाट फर्निचरको सामग्री बोकेर मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बागलुङ निसीखोला गाउँपालिका–५ का ३० वर्षीय चालक शेरबहादुर घर्ती मगरको प्रादेशिक अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रहरी निरीक्षक विकास खत्रीले बताउनुभयो ।

मृतक चालकको टाउको र मुखमा गम्भीर चोट लागेर अचेत अवस्थामा अस्पतालमा लगिएकोमा राति ९ बजे नै मृत घोषणा गरिएको थियो । दुर्घटनामा घाइते गोरखा धार्चे गाउँपालिका–५ माछीखोला निवासी ६० वर्षीय आशबहादुर गुरुङको उपदार भइरहेको छ । घाइते गुरुङको दुबै हातमा चोट लागेको अवस्थामा हाल खतरामुक्त रहेको प्रादेशिक अस्पताल जोमसोमले जनाएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  himalayanvoice.com | २७ श्रावण २०८२, सोमबार ०१:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online