ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

ऐना हेरिरहेकी केटी

-मौन आवाज

त्यो तिमी नै हौ
अरू कसैले झुक्याएर यस्तो भएको होइन !

तिम्रै कपाल हो यो
तिम्रै क्लिप हो
तिम्रै औँला हुन्
स्पर्श तिम्रै हो !

हाँसो तिम्रै हो
आँसु तिम्रै हो
तिम्रै हो यो धड्कन
मुटु तिम्रै हो !

यो गोरेटो तिम्रै हो
यो यात्रा तिम्रै हो
पाइताला तिम्रै हो
तिम्रै हो तिमीले टेकिरहेको धर्ती !

यहाँबाट कहीँ पनि तिमी जान सक्दैनौ
यही तिम्रो परिचय हो !

यो पर्खाल तिम्रै हो
यो गजबार तिम्रै हो ।

घुमिरहेको टाउको तिम्रै हो
पृथ्वी तिम्रै हो
तिम्रै हो यो ब्रह्माण्ड !

यो सृष्टि तिम्रै हो
सृजना तिम्रै हो
तिम्रै हो यो सम्पूर्ण जगत !

तिम्रै हो यो खेलौना
यो खेल तिम्रै हो
नियम तिम्रै हो
तिम्रै हो यो डरलाग्दो सपना !

शरीर तिम्रै हो
काउकुती तिम्रै हो
तिम्रै हो छट्पटी !

दरबार तिम्रै हो
युवराज तिम्रै हो
तिम्रै हो यो राज्यसत्ता !

जहाँसम्म फैलिन्छ प्रेमको भूगोल त्यो तिम्रै हो ।

ए , ऐना हेरिरहेकी केटी !
म त तिम्रो झ्यालमा तिमीलाई हेरिरहने
एउटा चरा मात्र हुँ !

  himalayanvoice.com | ६ भाद्र २०८२, शुक्रबार ०८:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online