ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

अमेरिकी कम्पनीले खरिद गर्‍यो नेपाली आइटी कम्पनी

काठमाडौँ । नेपालमा क्लाउड सेवा प्रदान गर्दै आएको एक नेपाली सूचना प्रविधि कम्पनी अमेरिकी प्रविधि कम्पनीले खरिद गरेको छ ।

नेपाली आइटी कम्पनी एडेक्स इन्टरनेसनललाई अमेरिकी प्रविधि कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर (३३ करोड ४१ लाख रुपियाँ) मा खरिद गर्ने सम्झौता गरेको एडेक्स व्यवस्थापनले जनाएको छ ।

यो कम्पनी क्लाउड कन्सल्टिङ, एडब्लुएस कन्सल्टिङ, डेभओप्स कन्सल्टिङलगायतका काम गर्दै आएको छ । तीन वर्षको छोटो अवधिमै एडेक्स नेपालको अग्रणी क्लाउड कन्सल्टिङ कम्पनी बनेको छ । कम्पनीमा ६० जना प्राविधिक जनशक्ति कार्यरत छन् ।

नेपालमा लगानीको वातावरण नभएको, नीतिगत उल्झन रहेको र व्यवसाय गरेर गरिखाने वातावरण नभइरहेको आमगुनासोका बिच खुलेको तीन वर्षमै एडेक्स इन्टरनेसनल नामक सूचना प्रविधि कम्पनीको स्वामित्व अमेरिकी कम्पनी टेकवे डिजिटलले खरिद गरेको हो ।

सन् २०२२ मा दुई युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सो कम्पनी स्थापना गरेका थिए । कम्पनीको सेवा न्यु आइटी सोल्युसन्सका रूपमा बलियो रूपमा स्थापित हुँदै जाँदा विदेशी कम्पनीले कम्पनी स्वामित्वको खरिद प्रस्ताव गरेको थियो । सुवेदीका अनुसार संयुक्त साझेदारीका विषयमा छलफल भए पनि पूर्ण स्वामित्व हस्तान्तरणको उपायमा सहमति जुटेको हो ।

सुवेदी भारतबाट चार्टर्ड एकाउन्टेन्ट पास गरेका नवयुवा हुन् भने शर्मा एरोनटिकल इन्जिनियर हुन् । “सूचना प्रविधिको क्षेत्रमा राम्रो उद्यमशीलता हुने आकलन गरेपछि यो कम्पनी सुरु गरेका हौँ,” सुवेदीले भन्नुभयो, “सोचे जस्तै कम्पनी अब्बल रूपमा स्थापित हुन पुग्यो र विदेशी लगानीकर्ताको आँखामा पर्‍यो । यो सेयर खरिद बिक्रीले नेपालको सूचना प्रविधि क्षेत्रलाई विश्व बजारमा पुर्‍याउन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।”

एडेक्सले नेपालमा खल्ती बाई आइएमई, सानिमा बैङ्क, उपाय, डियरलोल्ड, एकबाना, एनआइसी एसिया क्यापिटल, विशाल गु्रप, घामपावरलगायतका संस्थालाई क्लाउड कन्सल्ट सेवा दिँदै आएको छ ।

  himalayanvoice.com | ६ भाद्र २०८२, शुक्रबार २३:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online