ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

भुटानी मुलका बाला आचार्य सहित एक दर्जन गैरकानूनी आप्रवासीहरू पक्राउ शुक्रबार गैरकानूनी आप्रवासीहरू पक्रने क्रममा भुटानी मुलका रोचेस्टर, न्युयोर्क निवासी बाला आचार्यलाई १६ वर्ष भन्दा कम उमेरका बालिकासंग यौन दुराचारमा दोषी रहेको भन्दै आइसले पक्राउ गरेको हो ।

न्युयोर्क । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसले) ले भुटानी मुलका एक व्यक्ति सहित एक दर्जन गैरकानूनी आप्रवासीहरू पक्राउ गरेको छ ।

शुक्रबार गैरकानूनी आप्रवासीहरू पक्रने क्रममा भुटानी मुलका रोचेस्टर, न्युयोर्क निवासी बाला आचार्यलाई १६ वर्ष भन्दा कम उमेरका बालिकासंग यौन दुराचारमा दोषी रहेको भन्दै आइसले पक्राउ गरेको हो ।

आचार्यसंगै ग्वाटेमालाका डेभिड पिनेडा, जुनियर एलेक्सी मेडिना – होन्डुरस, जा मी, थाइल्याण्ड, जर्ज एन्ड्रेस गार्सिया-सेलिस, मेक्सिको पक्राउ परेका छन् । आइसले लियोनार्डो भारेला-लोपेज-मेक्सिको, म्यानुअल इभान कास्टिलो-एस्ट्राडा-मेक्सिको, उसुमान मुहम्मद-भियतनाम, मिसेल साउसेडो-रामिरेज-मेक्सिको र बारबारो रेयेस-गोमेज-क्युबा रहेका छन् ।

बिहीबार र शुक्रबार पक्राउ परेका इनिहरुलई बलात्कार, बाल दुर्व्यवहार र घातक हतियार प्रयोग गरी गरिने आक्रमण जस्ता जघन्य अपराधमा दोषी घोषित गरिएको ।

‘पक्राउ परेकाहरु बलात्कारीहरू, बाल दुर्व्यवहार गर्नेहरू, आपराधिक गैरकानूनी आप्रवासीहरू हुन् जसलाई आइसले अमेरिकामा पक्राउ गरी निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ,’ डिएचएसकाएक वरिष्ठ अधिकारीले भने।

  himalayanvoice.com | ८ भाद्र २०८२, आईतवार ०२:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online