ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियाका विद्यार्थीको स्कोर घोषणा : नतिजामा उल्लेखनीय सुधार|पोपले शिकागो युनियन नेताहरूसँग भेटे, आप्रवासीहरूलाई स्वागत गर्न आग्रह|सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी|मन्त्रिपरिषद् बैठकका ६ निर्णय : इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा|मन्त्रिपरिषद् बैठक : चार जना डिआइजीको एआइजीमा बढुवा|एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित|कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

वीरगञ्जमा उपचाररत बिरामीहरुमा झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि हाल वीरगञ्जका विभिन्न स्वास्थ्य संस्थामा ९५ जना झाडापखालाका बिरामी उपचाररत छन् । उपचाररत बिरामीमध्ये २२ आईसियुमा ६ र एचडीसीयुमा ६७ जना उपचारमा छन् ।

काठमाडौँ । वीरगञ्जका अस्पतालमा उपचाररत अधिकांस बिरामीहरुमा झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।

मनत्रालयकाअनुसार वीरगञ्जस्थित विभिन्न अस्पतालमा झाडापखालाका लक्षण देखा परेका बिरामीको नमुना परीक्षण गर्दा ७१ जनामा हैजा पुष्टि भएको जनाएको हो ।

भदौ ७ गतेसम्म वीरगञ्ज महानगरपालिका वडा न ३, ११, १२, १३ र १६ का एक सय ९४ जना झाडापखालाका लक्षण लिएर बिरामी अस्पतालमा आएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले हैजा पुष्टि भएका बिरामीको थप परीक्षण गर्न नमुना सङ्कलन गरेको जानकारी दिनुभयो । हाल वीरगञ्जका विभिन्न स्वास्थ्य संस्थामा ९५ जना झाडापखालाका बिरामी उपचाररत छन् । उपचाररत बिरामीमध्ये २२ आईसियुमा ६ र एचडीसीयुमा ६७ जना उपचारमा छन् ।

डा. बुढाथोकीका अनुसार बारम्बार पानीजस्तो पातलो दिसा हुने, बान्ता हुने, धेरै तिर्खा लाग्ने, मुख सुक्ने, छाला चाउरिने, शरीरमा पानी र नुनको कमी(डिहाइड्रेसन) हुनु हैजाका प्रमुख लक्षण हुन् ।

त्यो बाहेक बिरामीलाई कमजोरी, थकाइ महसुस हुने, पिसाब कम हुने जस्ता स्वास्थ्य समस्या निम्तिने गर्छन् । रगतचाप घट्ने, मुटुको धड्कन तेज हुने र बिरामी बेहोस हुने जस्ता हैजाका गम्भीर लक्षण हुन् ।

हैजा हुँदा शरीरले छिटै धेरै मात्रामा पानी र इलेक्ट्रोलाइट गुमाउने तथा स्थिति छुट्टै गम्भीर हुनसक्ने भएकाले लक्षण देखिनसाथ नजिकको स्वास्थ्य संस्थामा लैजान डा. बुढाथोकीको सुझाव छ ।

गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगहरु फैलने भएकाले सम्पूर्ण सरोकारवालालाई सजक र सतर्क रहन मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

सरुवा रोगबाट सुरक्षित रहन पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्ने, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिने, खुला स्थानमा दिसा नगर्न र चर्पीको अनिवार्य प्रयोग गर्ने र दिसा पिसाब गरिसकेपछि खानाखानु भन्दा अगाडि साबुन पानीले अनिवार्य हात धुन मन्त्रालयको अनुरोध छ ।

  himalayanvoice.com | ९ भाद्र २०८२, सोमबार ०९:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online