ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

मोतीराम भट्टको संझनामा लस-एन्जलसमा साहित्य संगोष्ठी सम्पन्न भट्टले प्रकाशन गर्नुभएको ‘गोरखा भारत जीवन’ पत्रिका नेपाली भाषाको पहिलो पत्रिकाको रूपमा चित्रण गरिन्छ । भट्टको वि.सं. १९२३ भदौ २५ गते कुसेऔंसीका दिन जन्म भएको थियो ।

लस-एन्जलस । १६०औँ मोती जयन्तीको अवसरमा अन्तराष्ट्रिय साहित्य समाज लस एन्जलस च्याप्टरले नेपाली भाषा अध्यनरत विद्यार्थीहरुसंग अन्तरक्रियात्मक साहित्य संगोष्ठी सम्पन्न गरेको छ ।

सहभागीहरुले मोतीराम भट्टले नेपाली साहित्य र नेपाली भाषाको संबर्धनको क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै भारतको बनारसमा बसेर ‘गोरखा भारत जीवन’ नेपाली भाषाको साहित्यिक पत्रिका प्रकाशन गरी उहाँले पहिलो पटक नेपालीभाषी पत्रिका प्रकाशन गरेको स्मरण गरेका थिए ।

नेपाली भाषा अध्यनरत विद्यार्थीहरुसंग अन्तरक्रियात्मक साहित्य संगोष्ठीमा सहभागी बालबालिकाले मोतीराम भट्ट बारे बाल सुलभ जिज्ञाशा राखेका थिए ।

भट्टले प्रकाशन गर्नुभएको ‘गोरखा भारत जीवन’ पत्रिका नेपाली भाषाको पहिलो पत्रिकाको रूपमा चित्रण गरिन्छ । भट्टको वि.सं. १९२३ भदौ २५ गते कुसेऔंसीका दिन जन्म भएको थियो ।

१६० औँ मोती जयन्तीको अवसरमा छन्दका कविता वाचन गरेर कवि प्रकाश पाण्डे र मिलन न्यौपाने सहभागीको मन जितेका थिए ।

नेपाली अमेरिकनको अभिभावक वेदभक्त जोशीकोको प्रमुख आतिथ्यता, श्री पशुपतिनाथ बुद्ध मन्दिरका अध्यक्ष बिमल श्रेष्ठको विशेष आतिथ्यता र साहित्य समाजका अध्यक्ष मोहन निउरे शर्माको सभापतित्वमा आयोजित संगोष्ठी सचिव केसी श्रेष्ठले संयोजन गर्नु भएको थियो ।

  himalayanvoice.com | ९ भाद्र २०८२, सोमबार २२:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online