ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

डिएचएसद्वारा लुइसियाना जेलमा रहेका ५१ जना गैरकानूनी आप्रवासीहरूको नाम सार्वजनिक लुइसियाना लकअपमा रहेका विभिन्न अपराधका आरोपी गैरकानूनी आप्रवासीहरूमा २६ जना हत्याको अभियोगमा दोषी ठहरिएका छन् भने ८ जना बलात्कारको अभियोगमा दोषी ठहरिएका छन् ।

लस एन्जलस । शुक्रबार गृह सुरक्षा विभाग (डिएचएस) ले लुइसियाना लकअपमा रहेका ५१ जना विभिन्न अपराधका आरोपी गैरकानूनी आप्रवासीहरूको नाम सार्वजनिक गरेको छ ।

उनीहरुलाई लुइसियाना राज्य पेनिटेन्शियरी वा अंगोला जेलमा राखिएको छ । लुइसियाना राज्यसँगको यो साझेदारीले आइसलाई ४१६ शैयासम्म हिरासत स्थान विस्तार गर्न अनुमति दिन्छ।

लुइसियाना लकअपमा रहेका विभिन्न अपराधका आरोपी गैरकानूनी आप्रवासीहरूमा २६ जना हत्याको अभियोगमा दोषी ठहरिएका छन् भने ८ जना बलात्कारको अभियोगमा दोषी ठहरिएका छन् ।

यसै गरि ८ जना यौन शोषणको अभियोगमा दोषी ठहरिएका गैरकानूनी आप्रवासी छन् भने ९ जना नाबालिगको यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहरिएका गैरकानूनी आप्रवासी छन् ।

डिएचएस प्रवक्ताले विभिन्न अपराधका आरोपी गैरकानूनी आप्रवासीहरुको नाम सार्वजनिक गर्दै भने ‘हत्यारा, बाल यौन दुराचार गर्ने, बलात्कारी यी आपराधिक गैरकानूनी आप्रवासीहरु हुन् जसलाई आइसद्वारा पक्राउ गरिएको छ र लुइसियाना लकअपमा राखिएको छ।’

  himalayanvoice.com | २१ भाद्र २०८२, शनिबार १२:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online