ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

नेपालीलाई भिसामा कडाइ गर्दै मलेसिया, कतार र साउदी यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज भिसा दिन छाडेको वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । ‘दुई-तीन दिनयता अनेकन कागजात मागिरहेका छन् ।

काठमाडौं । नेपाली कामदारलाई मलेसिया, साउदी अरब, कतार लगायत सहितका देशले भिसामा कडाइ गरेका छन । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै भिजिट र वर्किङ भिसामा कडाइ गरेको हो ।

जेन–जी समुहको आन्दोलनपछि मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ गर्न सुरु गरेका हुन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार मलेसिया सहित अन्य खाडी देशले समेत भिसा दिन कडाइ गर्न थालेको जानकारी दिएका छन ।

यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज भिसा दिन छाडेको वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । ‘दुई, तीन दिनयता अनेकन कागजात मागिरहेका छन् ।

संघका अनुसार प्रहरी रिपोर्ट पनि तत्कालको मागिरहेका छन् । कतिपयको रिजेक्ट पनि भइरहेको छ, । यूएईले भिजिट भिसामा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गर्दै आएको छ ।

जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू आफ्नो देशमा पस्न सक्नेतर्फ सचेत हुँदै यी देशहरुले भिसामा कडाइ गरेको जनाइएको छ । तर, यी देशहरुले यसबारे कुनै आधिकारिक जानकारी भने गराएको छैन ।

  himalayanvoice.com | ६ आश्विन २०८२, सोमबार २१:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online