ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न कोष स्थापना

काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ को निर्णयबाट भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यको लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरिएको अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले कोष खडा गरिएको सह–सचिव एवं प्रवक्ता टङ्क प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन नेपाल सरकारले सबैमा आह्वान गरेको छ ।

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन÷खर्च कट्टी गर्न पाइने छ ।

राष्ट्रिय वाणिज्य बैङ्क, सिंहदरबार शाखामा रहेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को खाता नं १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

  himalayanvoice.com | ८ आश्विन २०८२, बुधबार १०:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online