ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

‘मुकाम रणमैदान’ बारे अमेरिकामा परिचर्चा

कृष्णराज खनाल, नर्थ क्यारोलाइना । मोहन मैनालीकृत गैर आख्यानात्मक कृति मुकाम रणमैदानको यहाँ परिचर्चा गरिएको छ । ऐतिहासिक कृति मुकाम रणमैदानले २०८१ सालको मदन पुरस्कार पनि प्राप्त गरेको थियो ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको नियमित मासिक घरदैलो साहित्यिक कार्यक्रम अन्तर्गत यसपटक मुकाम रणमैदान छनोट गरिएको हो । सो अवसरमा लेखक मैनाली जुममार्फत काठमाडौँबाट जोडिनु भएको थियो र जिज्ञासुहरुको प्रश्नको उत्तर दिनुभएको थियो ।

यो कृतिमा सन् १९१६ अर्थात् विसं १८७१-७२ ताका नेपाल र इष्ट इण्डिया कम्पनीबीच भएको युद्धका बारेमा देखे, भोगेका र यसबाट आहत भएका नेपाली तथा विदेशीहरुले पत्रमार्फत गरेको संवाद वा चिठीपत्रलाई प्रमुख आधार मानेर तयार गरिएको हो । यो कृतिमा नेपालीहरुको वीरता, साहस र बहादुरीको गाथा पनि समेटिएको छ ।

स्रष्टा मैनालीले यो कृति प्रकाशनका क्रममा आफूले धेरै दुःख र हैरानी पाएको भए तापनि एउटा ऐतिहासिक कृति प्रकाशनमा ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै आफूले प्राप्त गरेको साविति वा चिठी प्रमाणका रुपमा प्रकाशन गरेर पाठकहरुको जिज्ञासालाई केही हदसम्म भए पारेको बताउनु भयो । उहाँले अमेरिकामा पनि आफ्नो कृतिका बारेमा चर्चा भएकोमा आफूलाई हर्ष लागेको बताउनुभयो ।

सो अवसरमा पुस्तकका बारेमा बोल्दै संस्थाका महासचिव एवं समीक्षक मनोज प्रधानले पुस्तकभित्रका अन्तरनिहित पाटो, यसका ऐतिहासिक दस्तावेज, खोज र अनुसन्धान राम्रोसँग उल्लेख गरिएकाले यो पुस्तक एउटा ऐतिहासिक दस्तावेजका रुपमा रहनुपर्छ भन्नुभयो । पुस्तक लेख्दा लेखकले सारै कठिनाइ व्यहोर्नु भएको कुरा पनि उहाँले व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा उमा शर्माले सो कृतिमा उल्लेख भएका कतिपय प्रसङ्ग आफूले कहिल्यै पनि नपढेको र यसले नयाँ तरंग ल्याएको छ भन्नुभयो । त्यस अवसरमा नेपालबाट भर्खरै आउनु भएका अग्रज साहित्यकार प्रल्हाद पोखरेललाई संस्थाका सल्लाहकार ईश्वर देवकोटाले दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा यस भेगका गन्यमान्य साहित्यकार तथा साहित्यानुरागीहरुको उपस्थिति थियो ।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार ११:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online