वासिङ्टन । अमेरिकी भन्सार तथा सीमा सुरक्षा र फ्लोरिडा राजमार्ग गस्ती, पोल्क काउन्टी शेरिफको कार्यालय, ब्रेभार्ड काउन्टी शेरिफको कार्यालय, फ्लोरिडा राष्ट्रिय गार्ड, र अन्य साझेदारहरूसँग मिलेर अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) मियामी अपरेशनले मध्य फ्लोरिडामा ४०० भन्दा बढी अवैध आप्रवासीहरूलाई पक्राउ गरेको डीएचएसले पुष्टि गरेको छ ।
डीएचएसद्वारा जारि विज्ञप्ति अनुसार सेप्टेम्बर २२-२६, २०२५ मा सञ्चालन गरिएको यो अपरेशनले उद्धेश्य आपराधिक वारेन्ट भएका आपराधिक अवैध आप्रवासीहरू र निर्वासनको अधीनमा रहेका अवैध आप्रवासीहरूलाई लक्षित गरिएको थियो ।
डीएचएसका अनुसार आपराधिक अवैध आप्रवासीहरूलाई हटाउनमा ध्यान केन्द्रित गरेर देशभरका समुदायहरूमा सार्वजनिक सुरक्षा पुनर्स्थापित गर्ने ट्रम्प प्रशासनको व्यापक प्रयासको एउटा अंश हो।
सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले भनिन्, ‘फ्लोरिडा राज्य र स्थानीय साझेदारहरूसँग मिलेर गरिएको यस अपरेशनको परिणामस्वरूप ४०० भन्दा बढी अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको छ जसमा अश्लील र कामुक व्यवहार, कुटपिट, घरेलु हिंसा, वेश्यावृत्ति, सवारी साधन चोरी, हिट एण्ड रन, र मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोप र दोषी ठहरिएकाहरू समावेश छन्।’
पक्राउ परेका अधिकांस दक्षिण अमेरिकी मुलका हिस्पानिक समुदायका सदस्य रहेका छन् ।
प्रतिक्रिया