ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

निर्वाचनका लागि भयरहित वातावरण बनाउन कटिबद्ध छौं : प्रधानमन्त्री कार्की सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समय फागुन २१ मा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । देशको प्रमुख राजनीतिक दलका नेताहरुसँग आज भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री कार्कीले निर्वाचन गराउनकै निम्ति सरकार अहोरात्र खटिएर काम गरिरहेको बताउनुभयो । सुरक्षा निकाय पनि सुरक्षा प्रत्याभूति गराउन काम गरिरहेको उहाँले बताउनुभयो । दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा प्रधानमन्त्री कार्कीले भन्नुभयो– यसबिचमा घाइतेहरूको उपचार, सहिदको शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो।

सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ।

अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ उहाँले भन्नुभयो ।

चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो । दलका नेताहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको उहाँले विश्वास दिलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताउनुभयो ।

बालुवाटारमा जारी बैठक सम्पन्न भएको छ । बैठकमा दलका नेताहरुले निर्वाचनका लागि भयरहित वातावरण बनाउनु पर्ने, सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग राखेका थिए ।

  himalayanvoice.com | ५ कार्तिक २०८२, मंगलवार ११:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online