ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

दुम्जामा धरणी सार्वजनिक

सिन्धुली । पिताजी कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ ।

पानीपोखरी युवा क्लब, दुम्जाको वार्षिक साहित्यिक प्रकाशन ‘धरणी’ को चौथो अङ्क बुधबार सार्वजनिक गरिएको हो । सनातन धर्म सेवा समितिका अध्यक्ष माधवप्रसाद न्यौपाने, नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ सुनकोशी गाउँपालिकाका अध्यक्ष बच्चु कोइराला, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रमोद दाहाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुनकोशी गाउँपालिका पार्टी इन्चार्ज भेषराज दाहाल, सुनकोशी गाउँपालिका–२ का वडा सचिव तथा नेपाल रेडक्रस सोसाइटी कुशेश्वर दुम्जा उपशाखा सभापति रूपक श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौं–सिन्धुली सम्पर्क मञ्चका सदस्य सुरेश कोइराला, समाजसेवी दुधराज पुलामीलगायतले पत्रिका सार्वजनिक गर्नुभएको हो ।

सुनकोशी गाउँपालिका–१ मा रहेको पानीपोखरी युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष प्रकाशन गरी स्थानीयस्तरमा साहित्यिक सिर्जना प्रवर्धन र साहित्य लेखनमा योगदान दिँदै आएको छ ।

पिताजी कृष्णप्रसाद कोइरालाको तीन पुत्र मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्रीका रूपमा सेवा गर्नुभएको थियो । त्यति मात्र होइन मातृकाप्रसाद कोइराला, बीपी कोइराला र तारिणीप्रसाद कोइरालाले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । दुम्जामै जन्म र पुर्ख्यौली सम्बन्ध भएका धरणीधर कोइराला, शङ्कर कोइराला, मोहन कोइरालाको योगदान नेपाली साहित्यमा विशिष्ट छ ।

उहाँहरूकै सम्झनामा सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ दुम्जामा ऐतिहासिक बीपी पार्क निर्माणाधीन अवस्थामा छ । सो स्थानलाई प्रवर्धन एवम् संरक्षण गर्नसमेत सबै दुम्जालीको कर्तव्य भएकाले बीपी निर्माणाधीन बीपी पार्कमा कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ  ।

  himalayanvoice.com | ८ कार्तिक २०८२, शुक्रबार १०:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online