ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

दुम्जामा धरणी सार्वजनिक

सिन्धुली । पिताजी कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ ।

पानीपोखरी युवा क्लब, दुम्जाको वार्षिक साहित्यिक प्रकाशन ‘धरणी’ को चौथो अङ्क बुधबार सार्वजनिक गरिएको हो । सनातन धर्म सेवा समितिका अध्यक्ष माधवप्रसाद न्यौपाने, नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ सुनकोशी गाउँपालिकाका अध्यक्ष बच्चु कोइराला, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रमोद दाहाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुनकोशी गाउँपालिका पार्टी इन्चार्ज भेषराज दाहाल, सुनकोशी गाउँपालिका–२ का वडा सचिव तथा नेपाल रेडक्रस सोसाइटी कुशेश्वर दुम्जा उपशाखा सभापति रूपक श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौं–सिन्धुली सम्पर्क मञ्चका सदस्य सुरेश कोइराला, समाजसेवी दुधराज पुलामीलगायतले पत्रिका सार्वजनिक गर्नुभएको हो ।

सुनकोशी गाउँपालिका–१ मा रहेको पानीपोखरी युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष प्रकाशन गरी स्थानीयस्तरमा साहित्यिक सिर्जना प्रवर्धन र साहित्य लेखनमा योगदान दिँदै आएको छ ।

पिताजी कृष्णप्रसाद कोइरालाको तीन पुत्र मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्रीका रूपमा सेवा गर्नुभएको थियो । त्यति मात्र होइन मातृकाप्रसाद कोइराला, बीपी कोइराला र तारिणीप्रसाद कोइरालाले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । दुम्जामै जन्म र पुर्ख्यौली सम्बन्ध भएका धरणीधर कोइराला, शङ्कर कोइराला, मोहन कोइरालाको योगदान नेपाली साहित्यमा विशिष्ट छ ।

उहाँहरूकै सम्झनामा सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ दुम्जामा ऐतिहासिक बीपी पार्क निर्माणाधीन अवस्थामा छ । सो स्थानलाई प्रवर्धन एवम् संरक्षण गर्नसमेत सबै दुम्जालीको कर्तव्य भएकाले बीपी निर्माणाधीन बीपी पार्कमा कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ  ।

  himalayanvoice.com | ८ कार्तिक २०८२, शुक्रबार १०:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online