ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कवि भुपिन र शर्मा सम्मानित

हेटौँडा । साहित्य सङ्गम मकवानपुरको ३६० औँ नियमित साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टा सम्मानित हुनुभएको छ । 

डम्बर पूर्णमाया स्मृति सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा कवि, गीतकार, आख्इानकार भुपिन र कवि, समालोचक डा.बिन्दु शर्मालाई समर्पण गरिएको हो ।

“डम्बर पूर्णमाया स्मृति कविता सम्मान” २०८० बाट बागलुङका कवि भूपिन र २०८१ बाट लागि काठमाडौँकी समालोचक शर्मालाई सम्मान गरिएको हो ।

जनही २२ हजार २२२ रुपियाँसहित साहित्यकार डा. निमेश निखिलले कार्यक्रममा सम्मान गर्नुभएको थियो । साहित्य सङ्गमका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालि –११ निवासी नियात्राकार राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोचन तथा परिचर्चा गरिएको थियो ।

साथै कार्यक्रममा सम्मानका संस्थापक कवि जेनन नेपालका कविता वाचन भएको छ ।

  himalayanvoice.com | ९ कार्तिक २०८२, शनिबार १०:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online