ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मिथिलाका विभूति विद्यापति स्मृति पर्व सम्पन्न

जनकपुरधाम । सहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रको आयोजनामा मिथिलाका विभूति विद्यापति स्मृति पर्व तथा पण्डित रमाकान्त झाको जन्मजयन्ति आज जनकपुरधाममा सम्पन्न भएको छ ।  

कार्यक्रममा सहभागीहरूले विद्यापतिको कालजयी रचनाहरूको लोकप्रियताका कारणले समाजमा सधैँ पूजित तथा सम्मानित महाकविको रुपमा रहनुभएको बताउँदै पण्डित रमाकान्त झा साहित्यिक योगदान भन्दा राजनीतिक योगदान ठूलो भएको बताउनुभयो । पण्डित झाको रचना त्रिभुवन विश्व विद्यालयको मैथिली विषयको स्नातकोत्तरमा पढाई हुने गरेको जानकारी त्यस अवसरमा दिइयो ।

कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नेपालकै पहिलो अन्तरिम सरकारको मन्त्री बन्नलाई अस्वीकार गर्नुले उहाँको महानतालाई उजागर गरेको बताउनुभयो ।

सो कार्यक्रममा पुरात्व विभागका पूर्व इन्जिनियर गोपाल झा, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, मैथिल ब्राह्मण महासभाका अध्यक्ष इन्जिनियर भगवान् झा, इन्जिनियर प्रकाशचन्द्र साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, साहित्यकार सुजित कुमार झा लगायतले बोल्नुभएको थियो ।

सहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रका अध्यक्ष प्राध्यापक शम्भुनाथ झाको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार एवं कवि धिरेन्द्र झा मैथिलको “मैथिलीक सनेस” र “फुसिए लिखु” तथा काशीकान्त झाको “सत्य कथा” कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो ।

  himalayanvoice.com | १६ कार्तिक २०८२, शनिबार ११:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online