ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक : समयमै महाधिवेशन गर्नुपर्नेमा जोड  कार्यसमितिको बैठक भोली बिहान साढे ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ  । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक आज पनि केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

आजको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो भने केही केन्द्रीय सदस्यहरूले निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., एन.पी. साउँद, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, मोहन आचार्य, मञ्जुकुमारी यादव, दीपक खड्काले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यसमितिको बैठक भोली बिहान साढे ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

  himalayanvoice.com | २१ कार्तिक २०८२, बिहीबार ११:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online