ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला “आउँदो आमनिर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वसहित चुनावमा जानुपर्छ । महाधिवेशन मङ्सिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषय धेरै पहिलेदेखि भन्दै आएको छु ।”

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्ममा गरिसक्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको छलफलमा उहाँले समयको माग, वर्तमान अवस्थालगायत कारणले आगामी मङ्सिरमा महाधिवेशन गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नुपर्ने धारणा राख्नुभयो।

नेता कोइरालाले भन्नुभयो, “आउँदो आमनिर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वसहित चुनावमा जानुपर्छ । महाधिवेशन मङ्सिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषय धेरै पहिलेदेखि भन्दै आएको छु ।”

महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने आवश्यतामा जोड दिँदै उहाँले कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार र संयम भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ । विगतमा पार्टीले थुप्रै आरोहअवरोह व्यहोरेकाले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ ।” आफूले पार्टीमा एकता, मेलमिलाप चाहेको बताउँदै उहाँले गुट, उपगुट र फुटको अन्त्य गर्न कोही कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको नेता कोइरालाको सचिवालयले जनाएको छ ।

नेता कोइरालाले भन्नुभयो, “देशभरका इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका साथीहरूले पार्टीलाई बचाइरहनुभएको छ । पार्टीका लाखौँ शुभेच्छुकहरू र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय हेरिरहेका छन्, पर्खिरहेका छन् ।”

  himalayanvoice.com | २२ कार्तिक २०८२, शुक्रबार ११:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online