ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता जनकपुरधाम–१६ घर भई काठमाडौँ महानगरपालिका ३५ बस्ने रक्की प्रसाद साह र सिराहा नगरपालिका–२० का सुजित यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गर्दै उत्प्रेषण परमादेशको माग गर्नुभएको छ ।

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित दुई वटा रिट दर्ता भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभामा रहेका सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेर शपथ ग्रहण गराउनु असंवैधानिक भएको भन्दै दुई रिट दायर भएका हुन् ।

जनकपुरधाम–१६ घर भई काठमाडौँ महानगरपालिका ३५ बस्ने रक्की प्रसाद साह र सिराहा नगरपालिका–२० का सुजित यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गर्दै उत्प्रेषण परमादेशको माग गर्नुभएको छ ।

सर्वोच्च अदालतले उक्त रिटमा रिटमाथि छलफलको लागि मङ्गलवारको तारेख तोकेको छ ।  साह र यादवले नेपालको संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदा हुँदै संविधान उल्लङ्घन गरेर उपधारा  ३ बमोजिम सरकार बनाउने काम भएकाले उत्प्रेषणको आदेश मार्फत मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग रिटमा गरिएको छ ।

गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्र प्रसाद सोनारले राजीनामा दिएपछि आइतबार यादवलाई नियुक्त गरेर सोमबार बिहान बर्दिबासको पानस होटलमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सपथ ग्रहण गराउनुभएको थियो ।

यसै गरि कानूका विद्यार्थी तथा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ घर भई काठमाडौँ महानगरपालिका–११ बस्ने अर्जुन साहले पनि मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएकाले बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।

 

  himalayanvoice.com | २५ कार्तिक २०८२, सोमबार ११:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online