ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

मुगु भन्सार : वर्षमा सोह्र दिन खुला, राजस्व दुई लाख

मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने तिब्बतसँग जोडिएको मुगुको माथिल्लो मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुगाउँमा रहेको मुगु भन्सार कार्यालयले यो आर्थिक वर्षको १६ दिनमा दुई लाख ५३ हजार राजस्व सङ्कलन गरेको छ ।

चीन सरकारले वर्षको एक पटक दुई साताका लागि मात्र नाका खुला गर्दा माथिल्लो मुगु भन्सार कार्यालय पनि वर्षको १६ दिन कार्यालय खुला भएको थियो ।

मुगु भन्सार कार्यालयका प्रमुख प्रकाश धामीका अनुसार चीन सरकारले वर्षको १६ दिन हाटबजार लागेको समयमा उक्त अवधिभर कार्यालय खोल्ने गर्छ । उहाँका अनुसार चालु आव २०८१२/८३ को साउन २५ देखि भदौ ९ सम्म नाक्चेलाङ्ना नाकाबाट आयात भएका वस्तुबाट दुई लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको हो । आयात भएका वस्तु तयारी पोसाक, खाद्यान्न, उन, घिउ, चिनी, चिनियाँ रक्सीबाट दुई लाख ५३ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

मुगुमा रहेको इलाका प्रहरी चौकीले सेवाग्राहीले ल्याएका विभिन्न सामग्री सुरक्षाकर्मीले चेकजाँच र नियन्त्रणमा सहयोग नगरिदिँदा राजस्व सङ्कलन कम भएको भन्सार प्रमुख धामीले गुनासो गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले मुगु भन्सार कार्यालयले जिल्ला प्रहरी कार्यालय मुगुसँग समन्वय गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नाक्चेलाङ्ना नाका दुई दशकदेखि बन्द छ ।

बाह्रै महिना नाका नखोलिँदा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा र जिल्लाका समुदायले प्रत्यक्ष रूपमा कठिनाइ भोग्नु परेको छ ।

मुगुमकार्मारोङ गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष कार्मा लामाका अनुसार दुई दशकअघि जिल्लाको उत्तरी भेगमा पर्ने तिब्बती नाक्चेलाङ्ना नाका चीनको स्थानीय सरकारले वर्षको पाँच महिनासम्म हाटबजार व्यापार व्यवसायका लागि खुला गर्ने गरेको थियो तर अहिले भने वर्षको एक पटक एक साताका लागि मात्र खुला हुने गरेको छ ।

उक्त नाका एक साता मात्र खुला गरिदिँदा मुगुका सीमावर्ती बस्तीका बासिन्दालगायत मुगाली र छिमेकी जिल्लाका नागरिकले सास्ती भोग्नु परेको छ ।

लामो समयसम्म नाका नखुल्दा तिब्बतबाट आयात गरिने वस्तु र निर्यात हुने वस्तु खरिदबिक्री गर्न नपाउँदा मुगुमकार्मारोङ गाउँपालिका–१ देखि ९ सम्मका बस्ती चिताई, दोल्फु मुगु, कार्ती, किम्री, खारी, ताखा, दाउरा, सेरोग, पुअ, रिउस, मह, माग्रीलगायतका बस्तीका बासिन्दाले सास्ती खेप्नु परेको छ ।

  himalayanvoice.com | २६ कार्तिक २०८२, मंगलवार ११:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online