ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

गणेशकुमार प्रधानको हाम्रो साँघुटार बजार सार्वजनिक

काठमाडौँ । लेखक गणेशकुमार प्रधानले साहित्य सँगै स्थानीय इतिहासको खोज, अध्ययन र प्रकाशन गर्नुभएको छ । 

उहाँले २०५१ सालमा प्रकाशन गर्नुभएको ‘हाम्रो साँघुटार बजार’ पुस्तकको दोस्रो संस्करण हालै सार्वजनिक गरिएको छ ।

ओखलढुङ्गामा जन्मिएका प्रधानले अध्ययन र जागिरे जीवन भारतमा बिताउनु भए पनि साहित्यका साथसाथै इतिहास लेखनमा समेत कलम चलाउनु भएको छ ।

भुँडिपुराण प्रकाशनले बजारमा ल्याएको सो पुस्तकमा साँघटार बजार स्थापना गर्ने व्यापारी, समाजसेवीको खोज, अनुसन्धानका साथै साँघुटार वरपरका मठ, मन्दिर, सरकारी कार्यालयहरुको स्थापना, जात्रा, पर्वजस्ता सम्पदाको खोजी, हिमगंगा नदीमा फलामे साँघु थापेपछि सो ठाउँको नाम साँघुटार रहनगएको जस्ता चाखलाग्दा विषयलाई प्रस्तुत गरिएको छ ।

साँघुटारका जात्रा, मेला, साहित्य गतिविधि, नाटक, त्यहाँ भएका विकास गतिविधि, औद्योगीकरणका पहलजस्ता स्थानीय इतिहासलाई केलाउने प्रयास लेखक प्रधानले गर्नुभएको छ ।

लेखक प्रधानका कोलकात्ताः हामी र हाम्रो समाज, च्याङ्वाको चेतना (नाटक), तीन चेली (नाटक), कोलकातामा सृजनाका फूलहरु कवितासङ्ग्रह प्रकाशित छन् ।

उहाँले समाजको शरण पर्छु, मेरो सप्तरङ्गी सपनालगायत कृति र केही स्मारिकाको सम्पादन एवं च्याङ्गाको चेतना, लालीगुराँस नाटकको निर्देशन समेत गर्नुभएको छ ।

उहाँले कोलकाता सेरोफेरो, प्रहरीको कलम, प्रभातजस्ता पत्रिकाको सह–सम्पादकका रुपमा समेत साहित्य सेवामा योगदान दिनुभएको छ ।

  himalayanvoice.com | २७ कार्तिक २०८२, बुधबार १०:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online