ट्रेण्डिङ्ग:
|सभापति शेरबहादुर देउवाको प्रस्तावमा काँग्रेस महाधिवेशन पुस २६ देखि २९ सम्म|एनआरएनए एकता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, अप्रिल भित्र १२ औं विश्व सम्मेलन गर्ने सहमति |एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि टुंगो लाग्न बाँकी|एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबिच प्रतिस्पर्धा|रास्वपा र विवेकशील साझाबिच पार्टी एकता|एनपिएलः  कर्णाली याक्सविरुद्ध काठमाडौँको जित|दक्षिणपूर्वी लुइसियानामा सीमा गस्तीको नेतृत्वमा आप्रवासन कारबाही सुरु हुदै|प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनए दुई समुहको एकता घोषणा|१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव|आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

होशोहवास

-दीवाकर सुवेदी

मान्छेले होश कतिखेर गुमाउँछ भन्ने प्रश्न गर्यो भने धेरैका धेरै थरि जवाफ आउलान्। कोही भन्लान् रिसाउदा, कोही एक्लो हुँदा, कोही माया नपाउँदा, कोही कुलतमा लागेर‘। आदि आदि। आज म, मैले आफ्नो होशोहवास गुमाउँदाको सत्यकथा भन्छु । के कारणले र किन मैले आफ्नो होश गुमाएँ भनेर सोध्दा कसैले पनि आजसम्म तार्किक जवाफ दिन सकेको छैन। बरु उल्टै “मेरो होश खाने काम नगर” भनेर गाली थापेको छु। सायद यसको उत्तर तपाईंले पो दिन सक्नुहुन्छ कि १ जति धैर्यवान् र शान्त मान्छे भए पनि एकाएक होश सबैले गुमाउछन्। मलाई थाहा छ तपाईं त्यस्तो हुनुहुन्न ।

“दशैं नै हो कि यो मेरो दशा, टाउको खाएको‘।।” योगेश्वर अमात्य कुनै कन्स्टिपेसनको बिरामी झैं कन्दै थिए ( रेडियोमा। आवाजले कानलाई पिङ् खेलाउदै थियो। मनमा रहर नाच्दै थिए। दशैं जो लागिसकेको थियो। राजधानीका गल्लिहरु कसैको मृत्युको शोकमा डुबे झैं मौन देखिन्थें। कालोपत्रे सडकहरु एक्लै लम्पसार परिरहेका थिए। बेलामौकामा छिटफुट हिँड्ने पैदलयात्रुले ति सडकका छातीमा काउकुति लगाउथे। गाडीहरु चिच्याउन कम भैुसकेका थिए। कुनै बिरानो कोठामा लाग्दै गरेको भातको सिठी नै दैनिक अलार्म बन्दै थियो। मान्छेहरु घरमा कम, बसपार्कमा ज्यादा थिए। यस्तो लाग्थ्यो बसपार्क बिहेमा जन्तिको ताँती देखाएर आफ्नो पहिचान दर्साउदो छ। दशैँमा घर। कसको रहर होला नजाने।

जब जब कोहि शहरबाट गाँउ छिर्छ, गाउँ उसलाई बिलक्षण देख्न थाल्छ। आशाका आँकुराहरु पाईला लम्किएसँगै पलाउन थाल्छन्। सपनाको अदभूत रहस्योदघाटन गर्न समय ब्याकुल हुन्छ। घर नपुग्दै कुरा पुग्छ। कुरासँग इतिहास पुग्छ। इतिहाससँग मन पुग्छ। मनसँगै जीवन पुग्छ। त्यसपछि, के चाहियो।।।शुरु हुन्छ जीवनको लेखाजोखा।

मलाई कसैले न कुरा काटेको मनपर्छ न कुरा बनाुको। कहिलेकाहिं लाग्छ यो जिब्रो नभैुदिएको भए वाहियात कुराहरु न सुन्न पर्थ्यो, न कसैलाई कुराले ‘मिसअन्डर्स्टान्डिङ्ग’ गराउँथ्यो। जीवन खुशिले मग्मगाउँथ्यो सायद। पिडाहरु कम भएर जान्थें। मन पोल्ने औजार नभएपछि मान्छेहरु जीवनका दुस्खहरु पोल्थें सायद। अनि बसन्त जीवनैभरी फक्रिन बाध्य हुन्थ्यो। हा हा‘।।यस्तै फाल्तु कुरामा मन डुल्छ मेरो आजभोली। सायद जोवनले काँचुली फेर्दा यस्तै हुँदो हो सबैलाई। मनपरी यत्रतत्र बिछ्याउन मन लाग्छ जीवनका रागहरु। चाख्दै उड्न मनलाग्छ सपनाका परागहरु। कसैको मुहारमा पुर्णिामाको गोलाकार चन्द्रमा सजाउन मन लाग्छ। लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको तस्बिर जस्तै यो मन कसैलाई उधारो दिन मन लाग्छ। मन लाग्छ हरेकका आँखामा ज्योती बनेर सजिन। मन लाग्छ हरेकका मनको बगैंचामा फुल बनि फक्रिन। मन लाग्छ‘।।।

हातमा पश्चिम बस व्यावसायी संघको लोगो सहितको टिकट, डाक्टरले लेखिदिएको ‘प्रेस्क्रिप्सन नोट’ झैं कोरिएका अक्षर, भेडाको बथान झैं सल्बलाईरहेका मान्छे, नसुन्ने भिडमाझ बर्दिवालाले निरन्तर बजाईरहेको सिठ्ठि, धुँवा धुलोको बाक्लो कुइरिमण्डल ( सबै कुरा अस्वभाविक लाग्दै थियो। सहरले रहर जन्माउदो रहेछ क्यारे अस्वभाविक लागेको भिडमाझ बिस्तारै आफुमा समाहित हुँदै गरेको आभाष हुन लाग्यो।
निदाइरहेका सडकहरु यो बेला जाग्राम देखिन्थे। आकाश बर्षौभरिको पिर आँशुबगाएर मन बुझाउँदो थियो। नजिकैको जुगल हिमालले आफ्नो चिसो घुम्टो सहरका गल्लिगल्लिमा पसाउदो थियो। मान्छेभन्दा ग्रहौं कपडा झोलाभित्र बोक्नु र लगाउनु नियती बन्दै थियो। मलाई यो नियती पटक्कै मनपर्दैन।

जडिबुटी, कोटेश्वर, गौशाला हुँदै नयाँबसपार्कसम्मको ब्यस्त सडक पनि निकै फुर्सदिलो बनेको जो कोहिलाई प्रतीत हुन्थ्यो। चाड्पर्व त्यसैले, गाउँमाभन्दा सहरमा छिटो देखिन्छ। शहरमा कृतिम बत्ती, माला र रङ्गहरुले जति सजाएपनि अधिक मनहरुमा गाउँको प्रेमिल बाताबरणले सजाइसकेको थियो। मलाई लाग्दै थियो, आधुनिकता र रवाफ सहरमा सुस्ताएर गाउँमा पसेका अनुहारमा गरिबी बीचमा पनि चैन कसरी आउँदो होरु मुस्कान स्वमं कसरी मुस्कुराउदो होरु आजसम्म नभेटाएको उत्तर खोज्ने घृष्टता गर्दै थिएँ। सायद कसैलाई नसोधी उत्तर खोजी गर्नुलाई परिपक्वता भन्छ क्यारे हाम्रो समाज। आमाभने मौका पाउँदा बैँसले छोयो भनेर मेरो आत्मबिश्वासमा धमिरा लगाउनुहुन्थ्यो।

ओहो, एक घण्टाको बाटोमा एक हजार बिचार कसरी सल्बलाएका रु।।।झसक्क झस्किए। यतिबेलासम्म बस गोंगबु बसपार्क भित्र पाइला मोडिइसकेको थियो। घडीले साँझको ७ बजाइसकेको थियो। शुक्रबारको त्यो दिन सकेसम्म छिटो कोल्टे फेरोस् भन्ने इच्छा थियो तर के गर्नु ( भाग्यभन्दा धेरै र समयभन्दा पहिले कसैले केही पनि त पाउदैन। आफैंसँग हराएका अनुहारहरु, मनसँग कम धनसँग संवाद बढी गर्दै गरेका शब्दहरु र सधैं चाडपर्व नजिकिदै गर्दा शहरियासँग पारपाचुके गर्ने बसपार्कलाई बिदाइको अन्तिम हात हल्लाउन बसचालकले आधी घण्टा खर्च गरे। मन भावनात्मक भएका बेला समय चिप्लिएको पत्तो नचल्नु प्राकृतिक र स्वभाविक न हो। गुनासो गरिन। अरुको भावनामा चोट पुर्याउन मलाई मेरो धर्मले दिएन ।

प्रदुषण र सपनाको पार्दुभावलाई चिर्दै कलंकी हुँदै धार्केलाई पछाडी पार्यो गाडिले। कहि कहि उबड्खाबड परेको सडकमा सर्पले झैं गाडिले आफ्नो जिउ धिसार्न थाल्यो।

“पश्चिम पश्चिम।।।।बुटवल, भैरहवा, सुनौली”

यतिबेलासम्म यो आवाज हावामै बिलिन भैसकेको थियो। यौवन मनलाई उद्देलित पार्ने हिन्दी आइटम गीतहरु सहचालकको रोजाइमा परे। श्रब्यदृश्यभन्दा अदृश्य मन बढी उफ्रीरह्यो । भर्खर आँकुरिएका एकजोडी आँखाहरु अन्तिम सिटमा प्रणयभावको प्यासी देखिन्थे। समय गुड्दै थियो( गाडीका पैयाहरुसँगै। सायद उमेर खाइसकेका केही मानिसहरुलाई श्रब्यदृश्यमा आपत्ति भएछ क्यारे नेपाली गीतको चर्को माग गरे। सहचालक बाध्य भए। त्यसपछि, अस्ताइसकेका नारायण गोपाल रात्री प्रहरमा प्रेमिल संवादमा जोडिए । त्यो पल थाहा भयो कि नयाँ र पुरानो भन्ने कुरा पनि परिस्थिति र मनोवस्थाले परिभाषित गर्दो रहेछ। मलाई मेरै पुरानो घरतर्फको यात्रा नयाँ, नौलो लाग्दै थियो।

जति जति रात छिप्पिदो थियो, निदरिले आँखाका परेलीहरुमा उती नै दबाब दिँदो थियो। त्यहि दबाब अति भएपछि हुनुपर्छ गहिरो निद्राले सिरानी र बिस्तरा पनि नभनी मलाई सुत्न बिबश पारेको। जब एकाबिहानै घर पुगें मेरा खुशी उमङ्ग सबै उजाडिन पुगे। घरको आँगनभरी गाउँले भेला भएका थिए, केही सुरक्षाकर्मी पनि देखिन्थें। पुलिस बर्दिले मनमा थुप्रै ज्वारभाटाहरु तरङ्गित बनाइदियो। आफ्नै मन आफ्नो काबुमा थिएन। खुट्टा र मन दुबै लरबराउन थालीसकेका थिए । मजाले निदाएछु। लामो यात्रा कति छिट्टै सकिएछ( बिहानीले बताउँदै थियो।

जब एकाबिहानै घर पुगें मेरा खुशी उमङ्ग सबै उजाडिन पुगे। घरको आँगनभरी गाउँले भेला भएका थिए, केही सुरक्षाकर्मी पनि देखिन्थें। पुलिस बर्दिले मनमा थुप्रै ज्वारभाटाहरु तरङ्गित बनाइदियो। आफ्नै मन आफ्नो काबुमा थिएन। खुट्टा र मन दुबै लरबराउन थालिसकेका थिए । जस्तै बिषम् परिस्थिती भए पनि घरको आँगनमा आफ्नो पाइला टक्क अडाएँ। मन र आँखा त अगिनै पुगिसकेका थिए। आँगनमा सेतो कपडाले केही ढाकेको थियो। पल्टाएर रहस्योद्घाटन गर्न मन लाग्यो। थर्थर काप्दै गरेका हातहरुले त्यो सेतो कपडाको एउटा टुप्पो उघार्न पुगे। त्यसपछी, जे देखें मेरा आँखाहरुले त्यो पत्याउनै सकिरहेको थिएन। रगतको धाराप्रबाह रोकिएजस्तो भयो। शरीरभन्दा मुटु र मुटुभन्दा आत्माबिश्वास थिलोथिलो भयो। म कसरी पत्याउन सक्थें( अलि अस्तिसम्म दादा भन्ने कलिली बहिनी आज बिदा भईसकेकी थिई। भर्खर १२ औं बसन्तको हरियाली देखेका ति आँखाहरु एकाएक बन्दा कसरी हुन सक्थे। अहँ, मेरो मन पत्याउनै सकिरहेको थिएन।

अबिरल बग्दै गरेका आँशुहरु एकपछी अर्को प्रश्न तेर्साउदै थिए। मनभित्र हुण्डरी मच्चिरहेको थियो। कसैले मलाई सान्त्वना दिदै थिए, सम्झाउदै थिए। तर जति सम्झाए पनि सत्य, सत्य नै थियो ( मेरी बहिनी अनामिकाले अब फेरी कहिल्यै मसँग लड्न आउने छैनस मलाई दादा भन्ने छैन। मेरी बहिनी अनामिका अब बिगत भइसकेकी थिई। प्रहरी जवान मध्ये एकले घटना बारे बताउदै थिए। उनको बोली मलाई निकै कर्कश लागिरहेको थियो। ूतपाईकी बहिनीको मृत्यु बलात्कार पछि भएको देखिन्छ। उनको यो वाक्यले मलाई लास बनाइदियो। म छाँगाबाट खसे जस्तै भएँ। लाग्यो पुरै आकाश म माथी आएर बज्रपात भयो। उनी भन्दै थिए( बाँकी कुरा अनुसन्धान पछि मात्र थाहा हुनेछ ‘। मलाई भने त्यो नरपिचास सम्झेर मनभित्रको आवेग रोक्न सकिन। बेस्सरी चिच्च्याएछु।

झसङ्ग भएँ। सहचालकले गाडीको बत्ती बाले। सबैले मतिर क्वारक्वार्ती हेर्न लागे। कस्तो नराम्रो सपना देखेछु। घडी हेरें (बिहानको ३ बज्दै थियो। ओहो, बिहानमा देखेको सपना लाग्छ भन्छन् ( सोच्दा मात्रै पनि आङ्ग सिरिङ्गग भएर आयो। ग्लानीबोध भयो, मैले सबैको निद्रा बिथोलिदिए भनेर।अझ बढी त सपनाले होशोहवास गुम पारीदियो। सायद यो बैसालु उमेरले धेरै सोच्दो हो अनि सपना पनि उस्तै धेरै देख्दो हो !
गोजिमा निदाइरहेको मोबाइललाई ब्युझाउन मन लाग्यो, ब्युझाएँ। घरबाट दाइले पाँच, भाऊजुले आठ र काकाले दुई गरेर जम्मा(जम्मी पन्ध्र ‘मिस्डकल’ आएको रहेछ। कस्तो थाहा नै पाएनछु। कहाँ आइपुग्यो भनेर सोध्न होला भनेर त्यति वास्ता गरिन । त्यसपछि समाचार सुन्न एअरफोन घुसारे र रेडियो अन गरे। गीत बज्दा बज्दै ४ बाजेको समाचार फलाक्न थाल्यो, रेडियो। प्रधानमन्त्रीले आज देशबासिका नाममा सम्बोधन गर्दै, चितवनमा एकजना पुरुषको बेबारिसे लास बारामद, बुटवल निवासी बाह्र बर्षिय बालिका अनामिकाको बलात्कार पछि हत्या।

आँफैलाई चिमोटे, सपना हो कि भनेर । पिडा महसुस गरे, चिमोटेको ठाउँमा भन्दा मुटुमा धेरै। आँखाबाट झरेको आँशुले हल्केला चिसो पारिसकेको थियो। सहचालकले केही समयदेखि मलाई ख्याल गरिरहेको रहेछ। म रोएको देखेर सोध्यो (ओ दाई, फेरी अर्को ‘सिरियस’ सपना देख्नुभयो कि क्या हो? रुन लाग्नुभो त ! लास्ट ‘साइको’ यार तपाईं त! उसको कुरा सुनेर आँफैलाई लाग्यो ( हो म साइको भइसकें‘। मैले आफ्नो होशोहवास गुमाइसकें।

यति कथा सुनिसकेपछि डाक्टर साब जस्तै देखिने मान्छे पागल भन्दै बाहिरिए। मलाई म भन्दा धेरै उनी पागल भएको लाग्यो र खित्का छाडी-छाडी हाँसे। डण्डी डण्डिले घेरिएको मेरो कोठा बाहिर मेरा दाजु भाउजुसँग त्यो डाक्टरले के भन्यो कुन्नी , उहाँहरु गहभरी आँशु बनाएर फर्कनुभयो। अनि एकैछिनमा एक हुल ‘पागलहरु’ मलाई करेन्ट ट्रिट्मेन्ट भन्दै हातखुट्टा बाध्न थाले। त्यसपछि सायद मैले होशोहवास गुमाए ।

  himalayanvoice.com | २७ कार्तिक २०८२, बुधबार १०:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online