ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

म काँच बनिसकेकी छु

कविता राई 'गाउँले'

आमाले भन्नुहुन्थ्यो –
उहाँको गर्भमा हुँदा म
ढुङ्गा जस्तै थिएँ रे
कहिलेकाहीँ त
चट्याङ जस्तै गड्याङगुडुङ गर्थें रे
आमालाई असह्य पीडाले पोल्थ्यो रे
तैपनि चल्मलाईरहन्थेँ रे म
जब महिना पुग्यो
म जन्मिए ढुङ्गा जस्तै भएर
साँच्चै !
म सानो हुँदा आफूलाई ढुङ्गा नै ठान्थेँ
उहिले
मसँग ठोक्किन आउने ढुङ्गाहरू
स्वयं फुट्थे
तर म सग्लै रहन्थेँ
आमा भन्नुहुन्थ्यो-
माटोको भर ढुङ्गा
ढुङ्गाको भर माटो
समय बित्दै जाँदा
ढुङ्गा जस्तै म
खै कसरी कोमल बन्दै गएँ
थाहै नपाई एकदिन
माटोको ढिस्कोमा अनुवाद भएछु
समय गतिशील थियो
आमाले एकदिन
माटोको ढिस्कोलाई मट्किलो बनाउनुभयो
र आफ्नै हातले
कसैको साथ लगाइदिनुभयो
म मट्किलो
कुनै दिन ढुङ्गा बनेको अहम् बिर्सिएर
आफूलाई जोगाउनुको सिमा नाघ्दै
पुगेँ कसैको हातमा
अहिले आएर खोज्दैछु उही ढुङ्गा
जो मसँग प्रथम पटक ठोकिएको थियो
जिन्दगीसँगै
कहाँ रोकिँदो रहेछ र समयको गति ?
बरु बदलिएर समयका परिदृश्यहरू
सुन्दर मट्किलो म
एक दिन आफूलाई जोगाउँदा जोगाउँदै
अचानक रूपान्तरण भएछु
उसको नजरमा
ठोक्किना साथ फुटी जाने ऐना
आज समयको यो मोडमा
मेरी आमालाई सम्झेर
म यति मात्र भन्न सक्छु
प्रिय ढुङ्गा !
अब तिमी मेरो स्मृतिमा कहिल्यै नआउनू
जुन दिन मसँग ठोक्किएर फर्किएका थियौ
आफू आएकै बाटोतिर
अब नफर्किनू त्यसरी
किनकी म ढुङ्गा होइन
यतिबेला काँच बनिसकेकी छु ।

  himalayanvoice.com | २९ कार्तिक २०८२, शुक्रबार ११:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online