ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ५५ करोड रहेको छ । त्यस्तै, पछिल्लो तीन महिनामा रु एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैङ्कले जनाएको छ । असोज मसान्तसम्ममा शोधनान्तर स्थिति रु दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ ।

गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो तीन महिनामा ११ दशमलव तीन प्रतिशतले वृद्धि भई असोज मसान्तमा रु २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत असोज मसान्तमा १० दशमलव पाँच पाँच प्रतिशतले वृद्धि भई रु २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

त्यस्तै राष्ट्र बैङ्क बाहेक बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १८ दशमलव सात प्रतिशतले वृद्धि भई रु तीन खर्ब १२ अर्ब १० करोड कायम भएको छ । गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव नौ महिनाको वस्तु आयात र १६ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ । रासस

  himalayanvoice.com | १ मंसिर २०८२, आईतवार १०:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online