ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

एन्फा प्रेसिडेन्ट लिग : १० लाखसहित लाली गुराँसलाई उपाधि

मकवानपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हेटौँडामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधि कास्कीको लालीगुराँस एसोसिएसन क्लबले जितेको छ । 

हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा मङ्गलबार उपाधिका लागि भएको फाइनल खेलमा काठमाडौंको चित्लाङ एफसीलाई पेनाल्टी सुटआउटका आधारमा लालीगुराँस एसोसिएसनले जित निकालेको हो ।

प्रतिस्पर्धापूर्णमा खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरका धकेलिएको थियो । लालीगुराँस एसोसिएसनले चित्लाङ एफसीलाई ३–१ गोलले जित निकालेका हो ।

फाइनलमा विजेता टिम लालीगुराँस एसोसिएसनले १० लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको चित्लाङ एफसीले पाँच लाख रुपियाँ पुरस्कारमा चित्त बुझाउनु परेको छ  ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिम, खेलाडीलाई बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले शिल्ड तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

यसअघि लिगचरणको खेलमा पनि लालीगुराँसले चित्लाङलाई पराजित गरेको थियो ।

लालीगुराँस यस लिगको एकमात्र अपराजित टोली हो ।

  himalayanvoice.com | ३ मंसिर २०८२, मंगलवार १२:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online