ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

व्यङ्ग्यात्मक कथाका सङ्ग्रह ‘भेटी’ लोकार्पण 

नवलपरासी । विष्णु पन्थी ‘विनु’ द्वारा लिखित ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित उक्त लघुकथासङ्ग्रह लघुुकथा मञ्चका संरक्षक डा. विदुुर चालिसे, संस्थापक अध्यक्ष घनश्याम ढल्लाकोटी र लेखक स्वयम्ले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको हो । 

लेखक पन्थीको यो पहिलो लघुकथासङ्ग्रह हो । जसमा ४० वटा लघुकथा समावेश छन् । सङ्ग्रहले सामाजिक परिवेशको जाली परम्परा, राजनीतिक विकृति, चाडबाड, पारिवारिक जीवनशैली, समाजमा विद्यमान विकृति, विसङ्गति, पीडा, वेदनालगायतका कुरालाई तिखो व्यङ्ग्यमा कथाको विषयवस्तु रहेको लेखक पन्थीले बताउनुभयो ।

विशेष गरी समाजमा देखिएका कतिपय सामाजिक व्यक्तित्वहरू नितान्त व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै घृणित कार्य गर्न पनि पछि नहट्ने, नाम र दामका लागि स्वाभिमान गुमेको पत्तै नपाउने समाजका केही मानवीय चरित्रप्रति लक्षित गरिएको पन्थीको भनाइ छ । पारिवारिक सामाजिक धर्मको परिपालनमा आधारित व्यक्तित्व विकास, धार्मिक आचरणसँगै सुधार र तिनै समस्यामा जोडिएका लघुकथासङ्ग्रहमा रहेको लेखक पन्थीले बताउनुुभयो ।

साहित्य जीवन र चिन्तनबारे विमर्श

नेपालगन्ज (गोरखापत्र), कात्तिक ३० गते । बाँकेको कोहलपुरमा कृष्ण सेन इच्छुकको साहित्य जीवन र चिन्तनमाथि शनिबार एक विमर्श कार्यव्रmम आयोजना गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको कार्यव्रmममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव वरिष्ठ कथाकार सनत रेग्मीले इच्छुक एक अति नै राम्रो साहित्यकार भएको बताउनुभयो । उहाँले युद्धकालीन समयमा इच्छुकसँगका भेटका रमाइला प्रसङ्ग पनि सो अवसरमा सुनाउनुभयो ।

इच्छुकका चिन्तन र जीवनबारे बोल्दै राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले सरल तर स्पष्ट विचार राख्ने इच्छुकका साहित्य र उनको व्यावहारिक जीवनमा समानता पाइने बताउनुभयो ।

डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवनी, साहित्यिक योगदान र चिन्तनका विविध पक्षलाई चिनाउनु भएको थियो । कार्यक्रममा लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाहीलगायतका कविले इच्छुकप्रति समर्पित रचना सुनाउनुभयो ।

  himalayanvoice.com | ३ मंसिर २०८२, मंगलवार १२:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online