ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

काठमान्डु गोर्खाजमाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै गुमाएर १४७ रन बनाएको थियो । सुदूरका लागि हर्मित सिंहले अर्धशतकीय पारी खेले । उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रनमा आउट भए । कप्तान दीपेन्द्रले ३९ रन बनाए ।

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित हासिल गरेको छ ।

बुधबार त्रिवि क्रिकेट रङ्गशालामा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो । सुदूरले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमान्डुले १६.४ ओभरमा सबै विकेट गुमाए ११८ रन मात्रै बनाउन सक्यो ।

काठमान्डुका लागि ओपनर आकाश त्रिपाटीले ३४ रन बनाए । भिम सार्की १२, जोन सिम्पसन २४, मिलिन्द कुमार ११ र रासिद खानले ६ रन बनाए ।

सन्तोष यादव एक रनमा आउट भए । उनलाई सुदूरका कप्तान दिपेन्द्र सिंह ऐरीले रन आउट गराए ।

सुदूरपश्चिमका लागि हेमन्त धामी, स्कट कुगेलेइजन र हर्मित सिंहले समान दुई विकेट लिए । इशान पाण्डे, नरेन साउद र अभिनाष बोराले पनि एक विकट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै गुमाएर १४७ रन बनाएको थियो । सुदूरका लागि हर्मित सिंहले अर्धशतकीय पारी खेले । उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रनमा आउट भए । कप्तान दीपेन्द्रले ३९ रन बनाए ।

आरिफ शेखले २५, इशान पाण्डे ११ तथा दुवै ओपनर बिनोद भण्डारी र जोस ब्रोन शून्य रनमा आउट भएका थिए । नरेन साउदले ६ रन र स्कट कुगेलेइजनले एक रनमा आउट भए । काठमान्डुका लागि कप्तान करण केसीले चार, रासिद खान, मिलिन्द कुमार र सन्नी पट्टेलले समान दुई विकेट लिए ।

  himalayanvoice.com | ४ मंसिर २०८२, बुधबार १०:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online