ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

आगामी निर्वाचनमा सहभागी हुने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै भएको ठहर गर्दै आउँदो निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्नुहुँदै पार्टी प्रवक्ता प्रकासशरण महतले आउँदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता महतले निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन्जी आन्दोलनका क्रममा उठाइएका आवाजलाई संस्थागत रूपमा अगाडि बढाउन सकिन्छ भन्ने दृढ विश्वास रहेको पनि बताउनुभयो ।

यस्तै बैठकले निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको भन्दै तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग माग समेत गरेको छ ।

प्रवक्ता महतले हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराउनु, दलहरूले निर्बाध रूपमा कार्यक्रम गर्न नपाउनु जस्ता परिस्थिति अत्यन्त गम्भीर रहेको बताउनुभयो ।

  himalayanvoice.com | ७ मंसिर २०८२, शनिबार १०:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online