ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

एनपिएल : काठमान्डुको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित दोस्रो खेलमा भने लुम्बिनी कर्णाली याक्ससँग नौ विकेटले स्तब्ध बनेको थियो । एनपिएलमा बुधबार डे-नाइट खेलमा विराटनगर किङ्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँ । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हरायो ।

जितका लागि एक सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो ।

लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन बनाउनुभयो । दीलिप नाथले २५ रन बनाउनुभयो । यस्तै डी’आर्की सटले २२, कप्तान रोहित पौडेल र गुलवदिन नैबले ११/११ रन बनाउनुभयो ।

बलिङमा काठमान्डुका मिलन्ड कुमार र जेराल्ड इरासमसले दुई दुई तथा शाहब आलम, सन्तोष यादव, कप्तान करण केसी र रसिद खानले एक एक विकेट लिनुभयो ।

करण केसी प्लेयर अफ दि म्याच हुनुभयो । यसअघि टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो ।

काठमान्डुका लागि कप्तान करण केसीले सर्वाधिक अविजित ३४ रन बनाउनुभयो । यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्ड कुमार र जेराल्ड इरसमसले समान १७/१७ तथा रसिद खानले १४ बनाउनुभयो ।

बलिङमा लुम्बिनीका शेर मल्ल, कप्तान रोहित पौडेल, रुवेन ट्रम्पलम्यान र गुलवदिन नैबले दुई दुई विकेट लिनुभयो । दोस्रो जितसँगै काठमान्डुले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । काठमान्डुले चार खेलबाट चार नै अङ्क बनाएको छ ।

काठमान्डुले यसअघि उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्लाई पाँच विकेटले हराएको थियो । त्यसपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो ।

यस्तै तीन खेलमा यो दोस्रो हार खेपेको लुम्बिनीको दुई अङ्क छ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने लुम्बिनी कर्णाली याक्ससँग नौ विकेटले स्तब्ध बनेको थियो । एनपिएलमा बुधबार डे-नाइट खेलमा विराटनगर किङ्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ ।

  himalayanvoice.com | १० मंसिर २०८२, मंगलवार ११:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online