ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

एनपिएल : जनकपुरलाई हराउँदै पोखराको पहिलो जित एनपिएलअन्तर्गत शुक्रबार चितवन राइनोज र काठमान्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार साँझ भएको खेला पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हरायो ।

तेस्रो खेलमा आएर पहिलो जित निकालेको पोखराले दुई अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको जनकपुरले अङ्क तालिकामा खाता खोल्न सकेको छैन ।

जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।

जनकपुरका लागि वेन पार्नेलले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । उहाँले ३८ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५० रन बनाउनुभयो । यस्तै सन्जय कृष्णमूर्तिले २५ र ओपनर माज सदाकतले २० रन बनाउनुभयो ।

जनकपुरलाई स्तब्ध बनाउन बलिङमा पोखराका विपिन खत्रीले चार विकेट लिनुभयो । उहाँले विकेट लिने क्रममा चार ओभरमा १५ रन खर्चिनुभयो । यस्तै सुमीत वर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी निसमले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो ।

पोखराका लागि सुमीत वर्माले सर्वाधिक अविजित ५० रन बनाउनुभयो । उहाँले २९ बलमा दुई चौका र चार छक्काको सहयोगमा अर्धशतक बनाउनुभएको हो ।

अलराउन्ड प्रदर्शन गर्नुभएका सुमीत प्लेयर अफ दि म्याच बन्नुभयो । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिनुभयो । अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

एनपिएलअन्तर्गत शुक्रबार चितवन राइनोज र काठमान्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ ।

  himalayanvoice.com | १२ मंसिर २०८२, बिहीबार १२:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online