ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

नेपाल प्रिमियर लिग: कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी दोस्रो स्थानमा रहेको विराटनगरले यो जितसँगै पाँच खेलमा ८ अंक जोडेको छ। पाँच खेल खेल्दा एउटा खेल गुमाएको विराटनगर दोस्रो स्थानमा कायम छ। अपराजित सुदूरपश्चिम चार खेल खेल्दा आठ अंकसहित शीर्ष स्थानमा छ। चार खेलमा एक मात्र जित निकालेको कर्णाली भने दुई अंकसहित पाँचौं स्थानमा छ।  

काठमडौँ ।  नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ। बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६२ रन बनाउनुभएको हो।

कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध दिएको  १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १६३ रन बनाउँदै पूरा गरेको हो। दुई बलमा चार रन आवश्यक परेको अवस्थामा बसिरले छक्का प्रहार गर्दै लक्ष्य पूरा गर्नुभएको हो।

विराटनगरको जितमा नारायण जोशीले २५ रन जोड्नुभयो भने साम हेजलेटले १६ रन बनाउँदा साहिल पटेल १९ रन जाड्नुभयो। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सक्नु भएन।

कर्णालीका लागि सोमपाल कामी, गुल्सन झाले दुईदुई विकेट, पवन सरार्फ नन्दन यादव र विलियम बसिस्टोले समान एकएक विकेट लिए पनि त्यो कर्णालीका लागि पर्याप्त भएन।

टस जितेर सरुमा ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा १६० रन बनाएको थियो।

कर्णालीका लागि प्रियाक पञ्चालले अर्धशतक बनाउनुभएको थियो। ४७ बलको सामना गर्दा ६ चौका र दुई छक्काको मद्दतमा उहाँले ६३ रन बनाउनुभएको हो। विलियम बसिस्टो अर्धशतक बनाउन दुई रनले चुक्नुभयो। उहाँले ४८ बलमा ४८ रन बनाउनुभएको हो। गुल्सन झाले १० बलको सामना गर्दा दुई चौका र एक छक्काको मद्दतमा २० रन जोड्नुभएको थियो।

कर्णालीलाई सस्तैमा समेट्न विराटनगरका लागि मर्चेन्ट डी लेङगा र सन्दीप लामिछानेले एकएक विकेट हात पर्नुभयो।

दोस्रो स्थानमा रहेको विराटनगरले यो जितसँगै पाँच खेलमा ८ अंक जोडेको छ। पाँच खेल खेल्दा एउटा खेल गुमाएको विराटनगर दोस्रो स्थानमा कायम छ। अपराजित सुदूरपश्चिम चार खेल खेल्दा आठ अंकसहित शीर्ष स्थानमा छ। चार खेलमा एक मात्र जित निकालेको कर्णाली भने दुई अंकसहित पाँचौं स्थानमा छ।

  himalayanvoice.com | १३ मंसिर २०८२, शुक्रबार ११:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online