ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

तारा पौडेलको ‘थर एउटै घर एउटै’ गीत  सार्वजनिक

स्याङ्जा । गायक तारा पौडेल श्रेष्ठको ‘थर एउटै घर एउटै’ सार्वजनिक भएको छ । ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतले जातीयता तथा एउटै घरको भावनालाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ । 

गीतले थर, जात र पहिचानले मानिसलाई अलग अलग चिनाउने भए पनि भावना, माया र घरले सबैलाई एक ठाउँमा जोड्ने सन्देश दिन खोजेको छ । गीतमा कृष्ण लामिछानेको शब्द तथा नेत्र भण्डारीले सङ्गीत भर्नुभएको छ । नेत्र भण्डारी र गायक स्वयम्को गीतमा आवाज रहेको छ । मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको गीतमा लोमश शर्मा र नम्रता थापालगायतका कलाकारको अभिनय रहेको छ । गीतको छायाङ्कन बुद्ध थापा र सम्पादन नवीन घर्तीमगरले गर्नुभएको हो ।

  himalayanvoice.com | १३ मंसिर २०८२, शुक्रबार १२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online