ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

एनपिएल : अपराजित सुदूरपश्चिम रोयल्स प्लेअफमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो ।

पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । जनकपुरलको निराशा भने अझै रोकिएको छैन ।

जितसँगै १० अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । लगातार चौथो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन । यस हारले तालिकाको अन्तिममा रहेको जनकपुरको अगाडि बढ्ने सम्भावना समाप्त भएको छ ।

जितका लागि १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरका चार विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३५ बलमा आठ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५६ रन बनाउनुभयो । यस्तै विनोद भण्डारीले ४२ रन बनाउनुभयो । कप्तान दीपेन्द्रसिंह ऐरी १० र हर्मित सिंहले अविजित २५ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका माज सदाकतले दुई तथा सन्जय कृष्णमूर्ति र आदित्य महताले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो ।

जनकपुरका लागि कृष्णमूर्तिले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५० रन बनाउनुभयो ।

यस्तै जान निकोल लफ्टी इटोनले ३९, आदित्य महताले १५, ओपनर माज सदाकतले १० र कप्तान वेयन पर्नेलले १४ रन बनाउनुभयो । जनकपुरले सुदूरपश्चिमविरुद्ध नियमित कप्तान अनिल शाहलाई आराम दिएर वेयनको कप्तानीमा खेलेको हो ।

बलिङमा सुदूरपश्चिमका अविनास बोहराले चार विकेट लिनुभयो । यस्तै स्कट कग्लेइजिनले तीन तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । एनपिएलअन्तर्गत आइतबार कर्णाली याक्स र काठमान्डु गोर्खजबिच प्रतिस्पर्धा हुनेछ ।

  himalayanvoice.com | १४ मंसिर २०८२, शनिबार १२:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online