ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबिच प्रतिस्पर्धा सेमिफाइनलमा पराजित हुने टोलीबिच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्ने छन्। प्रतियोगितामा १४ टोलीको सहभागिता थियो। यु१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ। 

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबिच प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुने छ।

नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो। युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र युएई  एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने टोलीबिच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्ने छन्। प्रतियोगितामा १४ टोलीको सहभागिता थियो। यु१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ।

  himalayanvoice.com | १५ मंसिर २०८२, आईतवार ११:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online