ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

एनपिएल : जनकपुरको पहिलो जित

काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।

यसअघि खराब नतिजा सामना गरिरहेको जनकपुरले पाँचौँ खेलमा आएर पहिलो जित निकालेको हो । जितसँगै दुई अङ्क बनाएको जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । यस्तै समान खेलबाट चितवनको चार अङ्क छ ।

जितका लागि एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

जनकपुरका लागि ओपनर माज सदाकत र अनिल शाहले अर्धशतकीय इनिङ्स खेल्नुभयो । माजले तीस बलमा ६ चौका र चार छक्काको सहयोगमा ६३ रन बनाउनुभयो ।

यस्तै अनिल शाहले ३६ बलमा चार चौका तीन छक्काको सहयोगमा ६१ रन बनाउनुभयो । आशिफ शेख र आदित्य महताले १८, १८ तथा जान निकोल लोफ्टी–इटनले ११ रन जोड्नुभयो । अनिल प्लेयर अफ दी म्याच बन्नुभयो ।

बलिङमा चितवनका कमल ऐरी, अमर रौटेला र सोहिल तानविरले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो ।

चितवनका लागि ओपनरद्वय डेविड मलान र अर्जुन साउदले अर्धशतक बनाएपनि टोलीको हार टरेन । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गर्नुभयो । कप्तान कुशल मल्लले ३० रन जोड्नुभयो ।

बलिङमा जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिनुभयो । आजै दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुने छ ।

  himalayanvoice.com | १७ मंसिर २०८२, मंगलवार १२:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online