ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

सुरुमा ब्याटिङ १५६ रनको चुनौती पछ्याएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमा समेटिएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकको योगदान दिनुभयो । उहाँले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ६३ रन बनाउनुभयो ।

पूरै २० ओभर खेल्दा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । उसका लागि भण्डारीको अर्धशतकसँगै शेल्डन ज्याक्सन, आरिफ शेखले समान २०–२० रन जोड्दा हरमित सिंहले १४ रन थप्नुभयो । डा‍‍. इशान पाण्डेले १३ रन बनाउँदा मुख्तार अहमदले १० रन जोड्नुभयो ।

विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लेङ्गाले दुईदुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एकएक विकेट हात पार्नुभयो । सुदूरपश्चिमविरुद्ध सन्दीप लामिछाने भने विकेट बिहीन बन्नुभयो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिनुभएको थियो ।

विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाउनुभयो । उसका लागि मर्चेन्ट डे लाङ्गेले १५ रन बनाउँदा बसिर अहमदले १२ रन थप्नुभयो ।

विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले दुईदुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एकएक विकेट हात पार्नुभयो ।

पहिलो क्वालिफायरमा पराजित विराटनगरले एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ । बुधबार एलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिच भिड्ने छन् ।

पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

  himalayanvoice.com | २४ मंसिर २०८२, मंगलवार १२:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online