ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

शितल लिम्बुलाई मिसेस नेपाल आइडल २०२५

काठमाडौँ । यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शितल याक्सो लिम्बुले पहिरिन सफल हुनुभएको छ । सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उहाँले ताज चुम्न सफल हुनुभएको हो ।

कार्यक्रमको फस्ट रनर अपमा अन्जु थापा मगर र सेकेण्ड रनर अपमा नितु सिंह ठकुरी हुन सफल हुनुभएको थियो । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको नवौं संस्करण हो ।

करिव सवा दर्जन प्रतियोगीहरुले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्ष्मता अभिवृद्धि, वौद्धिक विकासलगायतका विषयमा तालिम लिएका थिए ।

कोरियोग्राफर सुब्बाले महिलाहरुसँग मिल्दो गीतमा सुरुमै आकर्षक नृत्य गराउनुभएको थियो भने क्रमशः परिचयात्मक चरण, वेस्ट ड्रेस चरण, प्रश्नोत्तर र क्राउनिङ चरणहरुमा सम्पूर्ण प्रतियोगीहरुलाई अब्बल गराउन तयारी पारी प्रस्तुत गर्नुभएको थियो ।
व्यक्तिगत र पारिवारिक माहोलबाट बाहिर निस्केर यो प्रतिभा प्रस्फुटनको मञ्चसम्म आइपुगेका विवाहित महिलाहरु निकै प्रफुल्ल देखिन्थे ।

कोरियोग्राफर सुब्बाका अनुसार प्रतियोगीहरुले निकै मेहनत गरेको र आँखै सामु आफूले उनीहरुको परिवर्तित स्वरुप देखेकोमा आफूलाई खुशी लागेको बताइन् ।

कार्यक्रममा विविध सवटाइटल अर्वाडहरुसमेत वितरण गरिएको थियो । जसमा मोस्ट डिसेन्ट शितल याक्सो लिम्बु, मोस्ट स्मार्ट अन्जु थापा मगर, वेस्ट ट्यालेन्ट नितु सिंह ठकुरी, वेस्ट कम्प्लेक्सन रोजिना वैद्य, मोस्ट कन्फिडेन्ट नुर्साङ तामाङ देउवा, मोस्ट एक्टिभ दिनुसा सम्वाहाम्फे लिम्बु, मोस्ट डाइनामिक मनु लिम्बु, मोस्ट ग्रेसफुल ललिताकुमारी खड्का बान्तवा, मोस्ट प्यासोनेट निता श्रेष्ठ रिमाल, मोस्ट डिलिजेन्ट स्वेता राई, वेस्ट डिसिपिलेन सृजनादेवी श्रेष्ठ, वेस्ट पर्सनालिटी अरुणा विश्वकर्मा, वेस्ट फोटोजेनिक भावना निरौला भट्टराई, मोस्ट डेडिकेटेड सुमित्रा बुढा गुरुङ, मोस्ट पपुलर श्वेता राई, पब्लिक च्वाइस रोजिना वैद्य, वेस्ट भिडियो च्वाइस सुमित्रा बुढा गुरुङ र वेस्ट मल्टिमिडिया विनर नुर्साङ तामाङ देउला हुन सफल हुनुभएको थियो ।

कार्यक्रममा कलाकारहरुको आकर्षक प्रस्तुतीले माहोल बनाएको कार्यक्रमको निर्णायक मण्डलमा मिस नेपाल २००० उषा खड्गी, अभिनेता तथा मोडल दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस मंगोल नेपाल २०२५ तथा फेसन डिजाइनर टिना आले कवर मगर र फेस अफ नेपाल २०२५ सदीक्षा श्रेष्ठ रहनुभएको थियो ।

विवाहित महिलाहरुको क्षमता उजागर गरी आफूभित्रको प्रतिभा पहिचान गरी प्रस्फुटन गराउने कार्यक्रमको आयोजना गरिएको इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १ पुष २०८२, मंगलवार ००:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online