ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

दैवज्ञ विशिष्ट स्रष्टा सम्मान साहित्यकार रमेश खकुरेललाई

काठमाडौँ । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न साहित्य सर्जक र सामाजिक संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ ।  कवि दैवज्ञराज न्यौपानेको ८४ औँ जन्मजयन्ती र १४ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले तीन स्रष्टा र एक सामाजिक संस्थालाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, दैवज्ञ साहित्य पुरस्कार, दैवज्ञ बालसाहित्य पुरस्कार र दैवज्ञ समाज सेवा पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यापानेको अध्यक्षतामा आयोजित कार्यक्रममा दैवज्ञ विशिष्ट स्रष्टा सम्मान ५५,५५५ रुपियाँसहित साहित्यकार रमेश खकुरेललाई सम्मान गरियो । नारायणप्रसाद उपाध्यायलाई दैवज्ञ साहित्य पुरस्कार तथा कल्पना प्रधानलाई दैवज्ञ बालसाहित्य पुरस्कृत प्रदान गरिएको थियो । सम्मानित दुवैले जनही ३३,३३३ रुपियाँ प्राप्त गर्नुभयो । यसै गरी दैवज्ञ समाज सेवा  पुरस्कारबाट धरान सुनसरीस्थित संस्कृत विद्यासंवर्धिनी समितिलाई ३३,३३३ रुपियाँसहित सम्मान गरिएको थियो ।

सो अवसरमा प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले सम्मानित र पुरस्कृत व्यक्तित्वबारे चर्चा गर्नुभयो ।  नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले साहित्यकार दैवज्ञराज न्यौपानेको स्मृतिमा प्रदान गरिने सम्मान पुरस्कारले उहाँको कृतित्वलाई सधैँ ताजा, स्मरणीय बनाई राख्न योगदान पुगेको बताउनुभयो । बालसाहित्यकार कल्पना प्रधानले करिब छ दशकसम्म साहित्यको सेवा गरी बालबालिकालाई मिठो साहित्यिक ज्ञान बाँड्दै गर्दा प्राप्त दैवज्ञ बालसाहित्य पुरस्कारबाट आफू निक्कै हर्षित भएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रधानले आफूलाई पढाउने गुरु वासुदेव न्यौपानेको स्मरण गर्दै महिलालाई नपढाउने बेलामै निक्कै सङ्घर्ष गरी पढ्दै साहित्यको सेवा गर्दा बालबालिकाको खुराक प्रकाशित हुँदै आएको बताउनुभयो । उहाँले आफ्नो साहित्य यात्रा लेखक परशु प्रधानसँगको भेटले नेपाली बालसाहित्यमा रमाउने रहरलाई अवसरका रूपमा बदल्ने प्रेरणा मिलेको बताउनुभयो । प्रधानको पहिलो बालकविता चर्चित कविता ‘मेरो सानो खरायो, आज कता हरायो’ हो । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानका सल्लाहकार डा. शिवकुमार राईले प्रतिष्ठानलाई आफ्नी स्वर्गीय धर्मपत्नीको स्मृतिमा ५० हजार रुपियाँ प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

  himalayanvoice.com | १ पुष २०८२, मंगलवार ००:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online