ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

यु–१९ एसिया कप : नेपाल जितबिहिन

काठमाडौँ । नेपालले एसिसी यु–१९ एसिया कप क्रिकेटमा जितबिहिन बनेको छ ।

यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।

दुबईस्थित द सेभेन्स रङ्शालामा जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाईले सर्वाधिक ६१ रन बनाउनुभयो । यस्तै ओस्मान सदतले २८, फैसल सिनोजादाले १३, कप्तान महबुब खान र अजिजुल्लाह मियाखिलले अविजित ११/ ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका अविशेक तिवारीले दुई तथा विपिन शर्मा र चन्दन रामले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रन बनायो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाउनुभयो । त्यस्तै चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिनुभयो । अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले दुई, दुई विकेट झार्नुभयो ।

  himalayanvoice.com | २ पुष २०८२, बुधबार १०:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online