ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

थारू बस्तीमा माघीको चहलपहल

दाङ । थारू समुदायको महान् पर्व माघ (माघी) नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढ्न थालेको छ । गाउँदेखि सहरसम्म माघीलाई विशेष र भव्य रूपमा मनाउन थारू सङ्घ संस्थाले तयारी तथा छलफललाई तीव्रता दिएका छन् । तुलसीपुरमा नमुना भुह्यारथान तुलसीपुर, थारू कल्याणकारिणी सभा क्षेत्र नं. ३ तथा मटावाँ महासङ्घ तुलसीपुरको संयुक्त आयोजनामा सम्पन्न छलफलले माघी महोत्सवमा माघको मौलिकता झल्काउनुपर्नेमा जोड दिएको छ । माघलाई महोत्सवमा सीमित नगरी परम्परागत शैली, संस्कार र मौलिक पहिचानलाई प्राथमिकता दिएर मनाउनुपर्ने वक्ताको धारणा थियो । 

थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले माघीको मौलिकता जोगाउन सके मात्र माघी मनाउनुको सार्थकता रहने बताउनुभयो । चौधरीले माघमा गाइने ढुम्रु गीत, मघौटानाचको संरक्षण तथा प्रवर्धनसँगै थारू समुदायको माघी डेवानीलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । थारू समुदायले माघीमा नाचगान र खानपान मात्र नभई वर्षदिनको समीक्षा, आगामी कार्ययोजना तय गर्ने, गाउँका मटावाँ, बरघर, भलमन्सा (प्रमुख व्यक्ति) चयन जस्ता महत्वपूर्ण कार्य गर्ने भएकाले यी विषयलाई पनि माघी डेवानीमा विशेष प्राथमिकताका साथ गम्भीर छलफल र बहस गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “माघी सामाजिक, सांस्कृतिक र आर्थिक महìव बोकेको पर्व हो,” उहाँले भन्नुभयो, “यसैले यसको मौलिकतामा ध्यान दिनु पर्छ ।”

नमुना भुह्यारथानका अध्यक्ष तथा अधिवक्ता रामशरण चौधरीले विगतको भन्दा यस वर्षको माघ महोत्सव फरक ढङ्गले मनाउनुपर्ने बताउनुभयो । “हाम्रो मौलिक संस्कार र संस्कृतिलाई केन्द्रमा राखेर महोत्सव मनाउनु पर्छ,” उहाँले भन्नुभयो, “अघिल्ला वर्ष पनि राम्रा भए, तर यस पटक अझ बढी मौलिक र थारू परम्परा अनुरूप कार्यक्रम गर्नु पर्छ ।” उहाँले स्टेजमा सोफा र कुर्सीको सट्टा थारू समुदायमा प्रचलित गुन्द्री, बेरी र पिर्कामा अतिथिलाई बसालेर स्वागत–सत्कार गर्नुपर्ने सुझाव दिनुभयो । साथै कार्यक्रममा सहभागी सबैलाई अनिवार्य रूपमा थारू मौलिक वेशभूषामा उपस्थित हुन आग्रह गर्नुभयो । डिजे प्रयोग नगरी गाउँकै मघौटानाच र ढुम्रु गीतलाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँको जोड थियो । छलफल कार्यक्रममा महोत्सवको तयारीका लागि पुस १५ गते बृहत् बैठक गर्ने निर्णयसमेत भएको छ । उक्त बैठकमा महोत्सवलाई भव्य र सभ्य बनाउन विभिन्न उपसमिति गठन गर्ने, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा विस्तृत छलफल गरिने बताइएको छ । महोत्सवमा मघौटानाच, ढुम्रु गीतसहित विभिन्न थारू सांस्कृतिक नृत्य प्रस्तुत गरिने छन् । यस्तै थारू समुदायका परम्परागत परिकार र थारू हस्तकला सामग्री र थारू भाषासम्बन्धी विभिन्न पुस्तकको प्रदर्शनीका लागि राखिने छ ।

  himalayanvoice.com | ११ पुष २०८२, शुक्रबार २१:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online