ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बज्म–ए–उर्दु नेपालको आयोजनामा मुसायरामा गुञ्जिए कविता

नेपालगन्ज। बज्म–ए–उर्दु नेपालको आयोजनामा नेपालगन्जमा ‘सहर–ए–सुखन’ को नामबाट भव्य मुसायरा (कवि सम्मेलन) सम्पन्न भएको छ । उर्दु फाउन्डेसन नेपालका अध्यक्ष कपिलवस्तु निवासी चर्चित उर्दुका वरिष्ठ सायर सहर महमुदको सम्मानमा कार्यक्रम आयोजना गरिएको बज्म–ए–उर्दु नेपालका अध्यक्ष सर्वर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार इस्लामी विद्वान् सिराज अहमदको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो मुसायरामा कवि तथा सायरले विभिन्न भाषामा आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा युवा कवि डा. नूर मोहम्मद अन्सारी, उर्दु भाषाविद् डा. जैनुल आबेदिन, वरिष्ठ साहित्यकार प्राध्यापक डा. हरि तिमिल्सिना, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, समाजका केन्द्रीय सदस्य चन्दावती अधिकारी, लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष भरतबहादुर रानाभाट र बज्म–ए–उर्दु नेपालका उपाध्यक्ष सैयद जहाँगिर सलाहुद्दीनले आआफ्ना गजल, कविता सुनाउनुभयो । कार्यक्रममा प्रमुख अतिथि सायर सहर महमुद, अब्दुल लतिफ सौक र सैयद नेपालीले उर्दुका गजल सुनाएर श्रोतालाई मन्त्रमुग्ध पार्नुभयो ।

 

  himalayanvoice.com | ११ पुष २०८२, शुक्रबार २१:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online