ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

बज्म–ए–उर्दु नेपालको आयोजनामा मुसायरामा गुञ्जिए कविता

नेपालगन्ज। बज्म–ए–उर्दु नेपालको आयोजनामा नेपालगन्जमा ‘सहर–ए–सुखन’ को नामबाट भव्य मुसायरा (कवि सम्मेलन) सम्पन्न भएको छ । उर्दु फाउन्डेसन नेपालका अध्यक्ष कपिलवस्तु निवासी चर्चित उर्दुका वरिष्ठ सायर सहर महमुदको सम्मानमा कार्यक्रम आयोजना गरिएको बज्म–ए–उर्दु नेपालका अध्यक्ष सर्वर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार इस्लामी विद्वान् सिराज अहमदको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो मुसायरामा कवि तथा सायरले विभिन्न भाषामा आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा युवा कवि डा. नूर मोहम्मद अन्सारी, उर्दु भाषाविद् डा. जैनुल आबेदिन, वरिष्ठ साहित्यकार प्राध्यापक डा. हरि तिमिल्सिना, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, समाजका केन्द्रीय सदस्य चन्दावती अधिकारी, लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष भरतबहादुर रानाभाट र बज्म–ए–उर्दु नेपालका उपाध्यक्ष सैयद जहाँगिर सलाहुद्दीनले आआफ्ना गजल, कविता सुनाउनुभयो । कार्यक्रममा प्रमुख अतिथि सायर सहर महमुद, अब्दुल लतिफ सौक र सैयद नेपालीले उर्दुका गजल सुनाएर श्रोतालाई मन्त्रमुग्ध पार्नुभयो ।

 

  himalayanvoice.com | ११ पुष २०८२, शुक्रबार २१:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online