ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सबै दल निर्वाचनमा जान तयार, तर सुरक्षा चुनौति छ : काँग्रेस सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताउनु भएको छ । 

शनिवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताउनु भयो । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘सबै पार्टीहरु चुनावमा जान तयार छन् । काँग्रेस लगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुप¥यो । एमाले पनि तयार छ ।’’

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिनुभयो ।

  himalayanvoice.com | १२ पुष २०८२, शनिबार १४:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online