ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनभिए कप : उपाधि दाबेदार आर्मी क्वार्टरफाइनलमा

काठमाडौँ । उपाधिको दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौँ एनभिए कप महिला तथा पुरुष क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सोमबार भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो ।

लगातार दोस्रो जित निकालेको आर्मीले ६ अङ्क बनाएको छ । आर्मीले कीर्तिपुरमाथि २५–१९, २५–२१, २५–२१ को नजिता निकालेको हो । यसअघि पहिलो खेलमा आर्मीले कोशी प्रदेश भलिबल सङ्घलाई हराएको थियो ।

यस्तै समूह समूह ‘सी’ को खेलमा रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । रुकुम पश्चिमले २५–२०, २५–१८, २३–२५, २५–१८ को नतिजा निकालेको थियो ।

यस्तै महिलातर्फ सोमबार भएको खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले आर्मी क्बललाई ३–० को सेटमा हरायो । न्यू डायमन्डले आर्मीमाथि २५–१७, २५–१७, २५–१७ को एकपक्षीय जित निकालेको हो । लगातार दोस्रो जित हात पारेको न्यू डायमन्डले पहिलो खेलमा चुली युवा क्लबलाई हराएको थियो ।

नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिता पुस १९ गतेसम्म चल्ने छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिला टोलीबिच प्रतिस्पर्धा भइरहेको छ ।

  himalayanvoice.com | १४ पुष २०८२, सोमबार १४:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online