ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

हिमाल वारिपारिको संवाद पुस्तक लोकार्पित

काठमाडौँ । चीन र नेपालबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा चीनको बेइजिङमा ‘हिमाल वारिपारिको संवाद : चीन–नेपाल थान्का तथा पौभा सङ्ग्रह’ हिमाल वारिपारिको सम्वाद नामक पुस्तक विमोचन तथा कला प्रदर्शनी सम्पन्न भएको छ । 

सिचुआन फाइन आर्टस् प्रेस, सिचुआन इन्टरनेसनल कल्चरल एक्सचेन्ज सेन्टर र अरनिको फ्रेन्डसिप हाउस (बेइजिङ) लगायतका संस्थाहरूको संयुक्त आयोजनामा बेइजिङस्थित युएसी यू आर्ट सेन्टरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा चीनको राज्य परिषदका पूर्व काउन्सिलर हु पेयुआन, बेइजिङ च्यारिटी वानली फाउन्डेसनका मानार्थ अध्यक्ष वान बु, चीनका लागि कार्यबाहक नेपाली राजदूत रोशन खनाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

विमोचित पुस्तक ‘हिमाल वारिपारिको संवाद’ मा ९९ वटा उत्कृष्ट कलाकृति समावेश गरिएको छ । जसमा ६६ वटा नेपाली पौभा (नेपाली शैलीको थान्का) र ३३ वटा चिनियाँ थान्का रहेका छन् । नेपालको कला तथा संस्कृति दूत एवं अरनिको फ्रेन्डसिप हाउसका संस्थापक छियाओ ग्वोजिन र सिचुआन आर्ट ग्यालरीका प्रथम श्रेणीका कलाकार लिउ झोङजुनद्वारा लिखित तथा सम्पादित यो पुस्तकले दुई देशबिचको कलात्मक तुलना र सांस्कृतिक समानतालाई उजागर गरेको छ ।

कार्यक्रममा चीनको राज्य परिषदका पूर्व काउन्सिलर हु पेयुआनले यो कार्यक्रम नयाँ युगमा चीन–नेपाल मित्रता र सांस्कृतिक आदान–प्रदानको जीवन्त साक्षी भएको बताउनु भयो । उहाँले थान्का र पौभा दुवै देशका साझा कलात्मक सम्पत्ति भएको र यसले शताब्दीयौँ देखिको मित्रतालाई प्रगाढ बनाएको धारणा व्यक्त गर्नु भयो ।

पुस्तकका परिकल्पनाकार एवं लेखक छियाओ ग्वोजिनले सञ्चारकर्मीसँग कुरा गर्दै पुस्तकमा नेवार समुदायको मौलिक कला ‘पौभा’ र तिब्बत, छिङहाइ तथा सिचुआनका ‘थान्का’ कलालाई तुलनात्मक रूपमा प्रस्तुत गरिएको जानकारी दिनु भयो । उहाँले नेवार थान्कालाई ‘पौभा’ का रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताउनु भयो ।

यसैगरी, सिचुआन फाइन आर्टस् पब्लिसिङ हाउसका निर्देशक वाङ डिङले पुस्तकले एउटै उद्गमस्थल तर फरक शैलीका कलाबिचको संवाद स्थापित गरेको बताउँदै यसले दुई देशको संस्कृति बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा चीनका लागि नेपाली दूतावासका प्रतिनिधि रोशन खनालले भौगोलिक निकटता र सांस्कृतिक समानताले प्राचीन कालदेखि नै दुई देशका जनताबिच पारस्परिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्नु भयो । उहाँले यस सङ्ग्रहले भविष्यका कलाकारलाई प्रेरणा दिने र कला प्रेमीहरूका लागि महत्त्वपूर्ण स्रोत बन्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रदर्शनीमा नेपाली सुप्रसिद्ध पौभा कलाकार राज प्रकाश तुलाधर, कलाकार उजय बज्राचार्य लगायत बेइजिङस्थित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

  himalayanvoice.com | १५ पुष २०८२, मंगलवार १३:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online