ट्रेण्डिङ्ग:
|राजनीतिक दल बन्ने प्रक्रियामा पहिलो महाधिवेशनमा जुट्यो रास्वपा|बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै|आइसले गत वर्ष १७४ डाका प्राप्तकर्ताहरूलाई देश निकाला गरेको तथ्य सार्वजनिक|ट्रम्पले भने कि अमेरिकी वार्ताकारहरू इरानसँग वार्ता गर्न सोमबार पाकिस्तान जानेछन्|कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै|निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल|विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले अब घरबाटै नो अब्जेक्सन लेटर लिन सक्ने|कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपियाँ १९ पैसा, डिजेलमा पाँच रुपियाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपियाँ १५ पैसा घटाएको छ । 

एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपियाँ ३५ पैसाले बढेर आएको छ। सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपियाँ, डिजेल र मट्टितेल प्रतिलिटर पाँच रुपियाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपियाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।

नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपियाँ र तेस्रो वर्गमा १५९ रुपियाँ कायम गरिएको छ । यस्तै, डिजेल, मट्टितेलको मूल्य क्रमशः १३४ रुपियाँ ५० पैसा, १३६ रुपियाँ र १३७ रुपियाँ प्रतिलिटर तोकिएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।

  himalayanvoice.com | १६ पुष २०८२, बुधबार १५:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online