ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, राष्ट्रिय सभाका उम्मेदवार टुङ्गो लगाइँदै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने विषयमा छलफल भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिका नेता तथा पार्टीका प्रदेश सभापतिहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

पौडेलले भन्नुभयो, “आजको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सबै प्रदेश सभाका सभापतिहरु आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो । हाम्रो पार्टीको विधानतः सम्बन्धित प्रदेशको सभापति अनिवार्य उपस्थिति गराउने भन्ने छ । बैठकमा १६ जना नेताहरुले बोल्नुभएको छ ।

उहाँले राष्ट्रिय सभाका लागि उम्मेदवार भोलि पुनः बस्ने बैठकले टुङ्गो लगाउने बताउनुभयो ।उहाँले भन्नुभयो, “आजको बैठक शतप्रतिशत राष्ट्रिय सभाका उम्मेदवार टुङ्गो लगाउन छलफल भएको हो । त्योभन्दा अरु कुनै एजेण्डामा छलफल भएन । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा भोलि हामी टुङ्ग्याउँछौँ ।”

उहाँका अनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्ने छ । बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

  himalayanvoice.com | २१ पुष २०८२, सोमबार १३:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online