ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

वल्ड म्याराथन च्यालेञ्जमा दौडिदै नेपाली मूलका अमेरिकी धावक बाल जोशी

टेक्सास । सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुनुहुने भएको छ ।

३१ जनवरी २०२६ मा अन्टार्टिकाबाट सुरु भएर ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सम्पन्न हुने सात दिने ‘वल्ड म्याराथन च्यालेञ्ज’ मा सहभागी हुने जोशी एक्लो नेपाली हुनुहुन्छ । जोशी २६ दशमलव २ माइल (४२ दशमलव १९ किलोमिटर) दूरी रहने फूल म्याराथनका सातवटा सिरिजमा २९४ किमी दूरी सात दिनमा दौडिनुहुनेछ । उहाँ नेपाली पोशाक दौरा सुरुवालमा दौडिनुहुनेछ । २०१५ बाट सुरु भएको यो म्याराथनमा नेपाली पोशाकमा दौडिने जोशी पहिलो नेपाली हुनुहुनेछ ।

यस पटकको म्याराथनमा अमेरिका, चीन, भारत, अष्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अष्ट्रिया, डेनमार्क, हङ्गकङ्ग, न्यूजील्याण्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ जना धावक सहभागी हुनेछन् ।

वल्ड म्याराथन च्यालेञ्जमा सहभागी हुन सम्पूर्ण धावकहरु २८ जनवरीमा अफ्रिकाको केप टाउन पुग्नेछन् । आयोजकले उनीहरुलाई त्यहाँबाट ३० जनवरीमा चार्टर गरिएको बिमानमा अन्टार्टिका पु¥याउनेछ।

३१ जनवरीमा अन्टार्टिकाबाट सुरु हुने म्याराथन दोस्रो दिन १ फेब्रुअरीमा अफ्रिकाको केपटाउनमा सञ्चालन हुनेछ । त्यस्तै, तेस्रो म्याराथन –२ फेब्रुअरीमा अष्ट्रेलियाको पर्थमा, चौथो म्याराथन –३ फेब्रुअरीमा एसियाको दुबईमा, पाँचौ म्याराथन –४ फेब्रुअरीमा स्पेनको म्याड्रिडमा, छैठौ म्याराथन –५ फेब्रुअरीमा ब्राजिलमा र सातौ तथा अन्तिम म्याराथन –६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सञ्चालन हुनेछ।

धावकहरु अन्टार्कटिका माईनस २० डिग्री सेल्सियस तापक्रमदेखि दुबईको २५ डिग्री सेल्सियसमा दौडिनेछन् । म्याड्रिडको तापक्रम भने ५ डिग्री सेल्सियस रहनेछ।

म्याराथनका सहभागीहरुको आराम तथा बासका लागि होटलको व्यवस्था गरिएको छैन् । एक महादेशमा म्याराथनमा दौडिएपछि धावकले अर्को म्याराथनका लागि तयार हुनुपर्नेछ । आयोजकले चार्टर गरेको विशेष जहाजमार्फत धावकहरुलाई त्यहाँबाट अर्को महादेशमा लैजानेछ।

स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिदै आउनुभएको छ । संसारका विभिन्न देशमा झण्डै दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भएका जोशीले चार वर्षयता स्पोन्सरहरुबाट प्राप्त गरेको दुई लाख डलरभन्दा बढी रकम वान स्टेप फाउण्डेसन मार्फत नेपाल, अमेरिका र अफ्रिकामा बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद र ज्येष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गर्नुभएको छ ।

सुर्खेतमा जन्मिनुभएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा हुनुहुन्छ । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुनुहुन्छ । नेपाल र अमेरिकाको झण्डा बोकेर नेपाली पोशाकमा दौडिने जोशीले यो म्याराथनलाई नेपाली सम्पदा र नेपालको प्रचारप्रसार गर्ने अवसरका रुपमा लिनुभएको छ ।

  himalayanvoice.com | २३ पुष २०८२, बुधबार १४:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online