ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

पुन: सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य पुन: बढ्न थालेको छ । प्रतितोला दुई लाख ७० हजार रुपियाँ पुगेर दुई लाख ५९ हजार छ सय रुपियाँसम्म झरेको सुनको मूल्य गत आइतबारदेखि पुनः बढ्न थालेको हो । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालको हो । त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत आइतबार प्रतितोला दुई लाख ६० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार छ सय रुपियाँले बढेर दुई लाख ६५ हजार रुपियाँमा कारोबार भएको थियो । मङ्गलबार तोलामा तीन हजार एक सय रुपियाँले बढेर दुई लाख ६८ हजार एक सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

पछिल्ला तीन दिनमा सुनको मूल्य तोलामा सात हजार सात सय रुपियाँले बढेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ४६५ अमेरिकी डलर पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले पर्ख र हेरको अवस्था रहेको जानकारी दिनुभयो । मूल्य बढेको स्थानीय बजारमा माग नहुँदा सुनको कारोबार ठप्प रहेको उहाँको भनाइ छ ।

यसैबिच सुनसँगै चाँदीको मूल्यसमेत बढेको छ । तीन दिनमा चाँदीको मूल्य तोलामा ३८० रुपियाँले बढेको महासङ्घले जनाएको छ । गत आइतबार तोलामा चार हजार पाँच सय रुपियाँमा करोबार भएको चाँदीको मूल्य सोमबार बढेर चार हजार ६८५ रुपियाँ पुगेको थियो । मङ्गलबार तोलामा १९५ रुपियाँले बढेर चार हजार ८८० रुपियाँ पुगेको महासङ्घले जनाएको छ । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ७८ डलर पुगेको छ ।

  himalayanvoice.com | २३ पुष २०८२, बुधबार १४:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online