ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

संकटमा सबै पक्ष संयमित रहन कांग्रेस जनसम्पर्क समितिका सभापतिको अपिल ‘आम निर्वाचनको प्रक्रिया सुरु भैसकेको वर्तमान अवस्थामा एकढीक्का भएर हामी चुनावी संग्राममा होमिनु पर्दछ। हामी अहिले १५औं महाधिवेशनको प्रक्रियामा जुटेका छौं। आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्नेछ। यसका लागि हालै मात्र नेपाली जनसम्पर्क समितिका कतिपय देशबाट नयाँ महाधिवेशन प्रतिनिधि समेत चयन भैसक्नु भएको छ,’

न्युयोर्क । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिले एक संयुक्त अपिल जारी गर्दै विधानअनुसार १५औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।

‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं। मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भैइसकेको अवस्था छ। यस्तो बेला तपाईं हाम्रो आन्तरिक बेमेललाई थाँती राखेर मुलुक र पार्टी बलियो बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

अझ बढी संगठित, एकताबद्ध र आपसी भाइचारा तथा हार्दिकता बढाएर अघि बढ्नुपर्ने समय भएकाले यस मर्मलाई बुझ्न उनीहरूले पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

‘आम निर्वाचनको प्रक्रिया सुरु भैसकेको वर्तमान अवस्थामा एकढीक्का भएर हामी चुनावी संग्राममा होमिनु पर्दछ। हामी अहिले १५औं महाधिवेशनको प्रक्रियामा जुटेका छौं। आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्नेछ। यसका लागि हालै मात्र नेपाली जनसम्पर्क समितिका कतिपय देशबाट नयाँ महाधिवेशन प्रतिनिधि समेत चयन भैसक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीको पुस १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत जाहेर गरिएको छ। ‘नेपाली जनसम्पर्क समितिका सबै देशका सदस्य र प्रतिनिधि साथीहरू एकबद्ध भएर पार्टी एकतालाई अक्षुण राख्दै आम निर्वाचनमा जुट्ने र आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनलाई सफल बनाउन सक्रियतापूर्वक लागिपर्ने विश्वाससहित पुनः एकपटक पार्टी हितका पक्षमा दृढतापूर्वक उभिन हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित भएर जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गर्न र एक अर्काबिचको सम्मान भावलाई स्वीकार गरी अघि बढ्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

संयुक्त रुपमा बालकृष्ण पाण्डे (भारत, आनन्द विष्ट ( अमेरिका) , युवराज गुरुङ (बेलायत), रोशन केसी (जापान), सुरेश गुङङ (अस्ट्रेलिया), चोलाकान्त पंगेनी ( मलेसीयाले विज्ञप्ति जारी गरेका छन्।

यस्तै भुवानीप्रसाद तिमिल्सिना, अर्जुन थापा साउदी (अरब) शेरबहादुर रावत (बहराइन), सुभाष गुरुङ (बेल्जिएम), शालिक गौतम (नेदरल्याण्ड), शिखर खड्का (जर्मनी), यादव बस्नेत (डेनमार्क), नवीन थपलिया (स्वीडेन), दिपिका भुसाल (इजरायल), बुद्धिप्रकाश ओली (क्यानडा), बुद्धिसागर घिमिरे (न्यूजल्याण्ड)ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्नुभएको हो ।

  himalayanvoice.com | २६ पुष २०८२, शनिबार १२:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online