काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रको कार्यक्रम आजका लागि स्थगित गरिएको छ ।
बन्द सत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल लम्बिएका कारण आजका लागि स्थगित गरिएको र भोली बिहान ८ बजेबाट पुन बन्द सत्रका कार्यक्रम अगाडी बढाइने विशेष महाधिवेशन जिल्ला क्षेत्र, फोकल पर्सन समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।
विशेष महाधिवेशन पक्षधरको आयोजनामा हिजो देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा यसअघि आज बन्द सत्रमा महामन्त्रीद्वय थापा र शर्माले पेस गरेका प्रतिवेदनमाथि घनिभूत छलफल भएको र यो क्रम नसकिएकाले भोली पनि जारी रहने संयोजक पाण्डेयले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
प्रतिक्रिया